म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटबाट २५ दिनदेखि बेपत्ता भएका एकै परिवारका दाजुभाई पोखरामा भेटिएका छन्। घरबाट बाहिर निस्किएको अवस्थामा एक्कासी सम्पर्कविहिन भएका बेनीस्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याललाई पोखरामा भेटिएको आफन्त तोरण बुढाथोकीले बताउनुभयो ।

‘समाचारमा आएपछि फेला पारेका एक संस्थाले सम्पर्क गरेको छ,‘विहान बुझ्न गइसकेको छ’ बुढाथोकीले भन्नुभयो । बेनी हुदै पैदल, सवारीसाधनबाट पोखराको सडकमा अलपत्र अवस्थामा देखिएका थिए । सडकमा सुतिरहेको अवस्थामा फेला परेपछि एक बालबालिकासँग आवद्ध रहेको संस्थाले उद्धार गरेको थियो ।

उक्त संस्थाले समाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचारदेखेपछि सम्पर्क गरेको आमा नन्दकुमारीले बताउनुभयो । म्याग्दीका रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भएकी नन्दकुमारीले श्रीमानको मृत्यु भएपछि बेनीबजारमा ज्याला मजदुरी गरी छोराको शिक्षादीक्षा सहित लालनपालन गर्ने गरेकी थिईन् ।

Leave a Reply