न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले साढे ७३ करोडभन्दा बढी लगानी गरेको छ । म्याग्दी पहिलो र ठूलो सहकारीमा पर्ने धौलागिरीले ६९ करोड,९७ लाख निक्षेप संकलन गरी विभिन्न कर्जामा ७३ करोड ६० लाख लगानी गरेको हो  ।

मंगलबार सदरमुकाम बेनीमा सम्पन्न भएको २३ औं साधारणसभाको अवसरमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सहकारीले गत आर्थिक वर्षसम्म ६ हजार ४ सय ६३ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ८ करोड २३ लाख ३४ हजार ४ सय रहेको सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

संस्थाले गत आर्थिक बर्षमा १० करोड ८७ लाख ७७ हजार २ सय आम्दानी गरेको छ भने ९ करोड ५८ लाख ७७ हजार ८ सय ४५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

संस्थाले १ करोड २८ लाख ९९ हजार ३५६ मुनाफा गरेको छ । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले संस्थागत, सचिव चन्द्रकुमार केसीले प्रगति र कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट क्रृण कारोवारकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट रेमिट्यान्स लगायत गरि ६ जना सेवाग्राहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि एवम् संचालक समितिकी निर्वतमान सदस्य तथा हाल प्रदेशसभा सदस्य गौचनलाई संचालक तथा शेयर सदस्यहरुको तर्फबाट सम्मान समेत गरिएको थियो । प्रधान कार्यालय बेनी रहेको सहकारीको जिल्लाभित्र ६ र पर्वतको मल्लाज गरी ७ ठाउँबाट सेवा केन्द्र रहेको छ ।

सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठले निकट भविस्यमै छिमेकी जिल्ला बागलुङ, पर्वत र कास्कीमा समेत शाखा विस्तार गरी गण्डकी प्रदेशकै ठूलो सहकारी बन्ने लक्ष्य रहेको बताउनुभयो । म्याग्दीमा धेरै रेमिट्यान्सको कारोबार गर्ने सहकारीले वित्तिय कारोबारसँगै मानवीय र शिक्षाको क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

सहकारीले यसअगाडी मंगला गाउँपालिका–३, बराङ्जाका अपाङ्गता सोमप्रसाद सापकोटा, गोपाल खत्री, दृष्टिविहिन धनमायाँ विक सहित विभिन्न विद्यालयमा अध्ययनतर छात्रछात्रा सहित इन्जिनियरिङमा अध्ययरत विद्यार्थीलाई समेत सहयोग गरेको थियो । सहकारीमार्फत विपन्नको उपचार र शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

Leave a Reply