नेपालका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेनीमा आउनुभएको छ । नेपाल विमा प्राधिकरणको बिमा सचेतना कार्यक्रम अन्तरगत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सदरमुकाम बेनीमा आयोजना गरेको विमा सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागी हुन कलाकारद्वय श्रेष्ठ र आचार्य आउनुभएको हो ।

मुलुकको हास्यव्यंग्य क्षेत्रमा पाँच दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको सिटिजन लाइफ इन्स्योरेन्स बेनी शाखाकी प्रमुख भावना सुबेदीले बताउनुभयो । उहाँका अनुसार जीवन बिमा गराएर जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरुका बारेमा समेत जानकारी गराइने छ ।

बिहिबार विहान ९ बजे बेनीबजारमा प्रभातफेरी कार्यक्रमपछि जिससको सभाहलमा सचेतनामुलक कार्यक्रम सहित विमा रकम हस्तान्तरण र सम्मान कार्यक्रम रहेको शाखा प्रमुख सुबेदीले जानकारी दिनुभयो । सोही अवसरमा मह जोडीको प्रस्तुती समेत रहने छ ।

सोही कार्यक्रममा सिटिजन लाइफका कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख ब्यवसाय अधिकृत सुनिल पोख्रेल लगायतका जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरुको समेत उपस्थिती रहने छ । मह जोडी सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) समेत हुनुहुन्छ । सिटिजले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply