म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँ मा जन्मिएका धिरज मगर मोफसलकै सबैभन्दा सफल र चर्चित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबलमा उत्कृष्ट खेल प्रर्दशन गरे । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीको मिडफिल्डरको भूमिकामा रहेका मगरले बेलाबेलामा मैदानभित्र भूमिका परिवर्तन हुन्छ ।

प्रशिक्षकले प्रतिस्पर्धीको क्षमता अनुसार उनलाई आक्रमक भूमिकामा समेत राख्छन् । खेलमा मगर जमेको अवस्थामा स्ट्राकरलाई बल उपलब्ध गराउने क्षमता राख्छन्।लगनशील, मेहनती र होनहार खेलाडीका रुपमा चिनिएका मगर बर्षेनी बीवाईएससीबाट नेपालका विभिन्न प्रतियोगितामा खेल्न आउने गरेका छन् । अमेरिकामा रहेका नेपालीमा सबैभन्दा चर्चित र धेरै प्रतियोगिता जित्ने बीवाईएससीले यसपटक झापामाा भएको जय हुमागाईं गोल्डकप जित्नेको थियो ।

अमेरिकाको सन फ्रान्सिस्को बे एरियामा बस्ने मगर सानैदेखि फुटबल प्रेमी थिए । बाल्यकाल झिँमै विताएका मगरले प्राथमकित तहको शिक्षा बेनीस्थित न्यू आवासीय माविबाट पूरा गरेका थिए । साढे १३ बर्षको उमेरमा अमेरिका गएका मगरले नियमित फुटबल प्रशिक्षण सहित विभिन्न प्रतियोगितामा सहभागी हुने अवसर पाएको बताए । ‘फुटबल खेलबाटै केही गर्न चाहन्छु,‘अहिले क्लवबाट हुने नियमित सबै खेलमा सहभागी हुने अवसर पाएको छु’ मगरले बेनीअनलाइनलाई भने । उनले नेपालमा हुने प्रतियोगितामा सहभागी हुदाँ छुटै आनन्द आउने बताए ।

बीवाईएससीमा रहेका अनुभवी खेलाडीहरुबाट समेत सिक्ने अवसर पाएको बताए । उनले भविस्यमा नेपाली टोलीबाट समेत अन्तराष्ट्रियस्तरको खेल खेल्ने आफ्नो लक्ष्य रहेको बताए । उनले अमेरिकामा समेत धेरै खेलमा आफ्नो उत्कृष्ट खेल देखाउन सफल भएका छन् ।मगर आवद्ध रहेको अमेरिकी टिम भुटनिज युथ आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणमा संकटा क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

Leave a Reply