म्याग्दीमा सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि भिजन सेक्यूरिटिज प्रालिले निशुल्क डिम्याट खाता अभियान सञ्चालन गरेको छ । बेनीमा शाखा कार्यालय रहेको प्रालिले सेयरसम्बन्धी साक्षरता कार्यक्रमसँगै प्रत्येक नेपालीले पुँजीबजारमा सहभागिता बढाउन अभियान अन्तरगत निशुल्क डिम्याट खाता खोल्न अभियानलाई प्राथमिकता दिएको शाखा प्रबन्धक बिशाल हमाल ठकुरीले बताए ।

गणेशटोलमा रहेको शाखा कार्यालयमा गएर खाता खोल्न सकिने छ । आगामी ३१ तारिक सम्म निशुल्क सुविधा रहेको जनाइएको छ । डिम्याट खाता खोलन नागरिकताको फोटोकपी र दुईप्रति पासर्पोट साइजको फोटो चाहिन्छ छ ।

भिजन सेक्यूरिटिजले म्याग्दीमा शाखा खोलेपछि करिब २९ सयले कारोबार गरेका छन भने डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ।

सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सक्नुहुनेछ। सेयर बजारका बारेमा जानकारी दिन भिजन सेक्यूरिटिजले म्याग्दी महोत्सवमा समेत स्टल राखेर सेवा दिने जनाएको छ ।

Leave a Reply