म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेगबहादुर बानियाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष पुनले शैक्षिक समस्या र आवश्यकता पहिचान गरेर विद्यालय सुधार योजना बनाउन प्रअहरुलाई निर्देशन दिनुभयो ।स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले सञ्चालन र शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देविन्द्र रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

Leave a Reply