आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई हाल यूकेमा रहनुभएका कृष्ण तुलाचनले शुक्रबार आफ्नो जन्मभूमि दानामा रहेको ज्ञानप्रकाश माविका ५१ जना विद्यार्थीलाई ६१ हजार २ सय बराबरको शैक्षिक पोशाक ट्रायक, टिर्सट र पाइन्ट सहयोग गर्नृुभएको छ ।

विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा २ सम्म अध्ययनतर ५१ जना विद्याथीलाई अभिभावकको उपस्थितीमा समाजसेवी तुलाचनका आफन्त कविन तुलाचन र रस्मी तुलाचनले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

हरेक जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयो गर्ने गर्नुभएका समाजसेवी तुलाचनका बारेमा प्रधानाध्यापक शान्त नेपालीले जानकारी गराउनुभएको थियो ।

विद्यालयको भौतिक पूर्वाधार, छात्रबृत्ती, खेलकुद लगायत विभिन्न पक्षमा समाजसेवी तुलाचनको ठूलो योगदान रहेको प्रअ नेपालीले बताउनुभयो ।‘पछिल्लो आधादशक यता हामीले म्याग्दीकै बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाइरहेका छौ,‘हरेक बर्ष अभावमा गुज्रिएका विद्यार्थीमाझमै जन्मदिन मनाउने योजना छ’ तुलाचनको भन्नुभयो ।तुलाचनले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो।

समाजसेवी तुलाचनको सक्रियतामा दानाको धार्मिक क्षेत्रमा समेत लाखौं सहयोग गरिएको छ । जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष लेप्टन बेलबहादुर पुर्जा, स्वागत तथा जानकारी प्रअ शान्त नेपाली र सञ्चालन सहायक प्रअ रेगुन खत्रीले गर्नुभएको थियो ।

 

Leave a Reply