अस्ट्रेलियामा शैक्षिक परामर्शको क्षेत्रमा प्रतिष्ठित मानिएको स्टुडेन्ट भाइब्स सम्मानित भएको छ । उच्चशिक्षा तथा शैक्षिक परार्मशको क्षेत्रमा लामो समयदेखि सक्रिय अष्ट्रेलिया जान चाहने नेपाली बिद्यार्थीहरूको रोजाईमा परेको स्टुडेन्ट भाइब्सलाई सिड्नीमा रहेको अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजले सन् २०२२ उत्कृष्ट एजेन्टको रूपमा सम्मानित गरेको हो ।

कानुनी प्रक्रिया, शैक्षिक गन्तब्य बारेमा प्रष्ट पार्ने तथा विद्यार्थीलाई आफ्नो रोजाई अनुसारको परार्मशदाताको रुपमा फरक पहिचान बनाउन सफल भएको स्टुडेन्ट भाइब्सलाई प्राप्त सम्मानले थप उर्जा थपिएको संस्थापक निर्देशक बद्री बरुवालले बताउनुभयो। ‘हामीले आफ्नो पहिचान बनाउने प्रयासमा छौ,‘यो सम्मानले जिम्मेबारी पनि थपिएको छ’ बरुवालले भन्नुभयो। स्टुडेन्ट भाइब्सले काठमाण्डौमा समेत शाखा सञ्चालन गरेको छ ।

उक्त संस्थामार्फत म्याग्दीमा आर्थिक अभावका कारण समस्यामा परेका म्याग्देलीको उपचार, विपन्न बालबालिकालाई शैक्षिक यात्रामा सहयोग लगायत खेलकुद र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्ने गरेको छ ।

स्टुडेन्ट भाइब्सका संस्थापक अध्यक्ष रहेको रेखा मेमोरियल ट्रष्टमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरेको छ । अस्ट्रेलियामा स्टुडेन्ट भाइब्सले पहिलोपल्ट ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेर समेत नेपाली विद्यार्थीमाझ लोकप्रियता कमाएको थियो ।

Leave a Reply