भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने भगवान रामको प्रतिमाका लागि प्रसिद्ध नदी कालिगण्डकीबाट शालग्राम शिला लगिदैछ । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत म्याग्दीको बेनी नगरपालिका वडा नं ६ ठुलोपहिरो नजिकै कालिगण्डकी नदीको तिरमा १८ टनको क्वाजराईट र १० टनको क्याल साइट नामक शिलाको पहिचान गरिएपछि विधिपूर्वक उत्खनन्को तयारी सुरू गरिएको हो ।

करिब एक महिनाको स्थलगत अवलोकन तथा स्थानको पहिचान गरेपछि प्राविधिक टोलीले करिब १ हजार बर्ष टिकाउ हुने शिलाको पहिचान गरेपछि धार्मिक विधिको प्रयोग गरी लैजाने तयारी अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

शिलाको अवलोकन गर्न नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसहितको टोली नै शिला उत्खनन् स्थलमा पुगेर फर्किनुभएको छ । शिला भेटिएको स्थानको पहिचान गरी जनकी मन्दिरमा महन्थ, राम मन्दिरमा प्रतिनिधि सहितको उपस्थितीमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले क्षमापूजा सहितका अन्य धार्मिक कार्य गरेपछि एक साताभित्र शिलालाई जनकपुरधाम पु¥याइने छ ।

गत साउनमा अयोध्या भ्रमणमा गएका ने अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीरामजन्मभूमितीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा आफ्नो अयोध्या भ्रमणको बारेमा जानकारी गराउँदै निधीले त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकीमन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राममन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखेका थिए ।

निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएपछि नेपालफर्के पछि निधीले नेपाल सरकारलाई भारतीयपक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले शिला उत्खनन् गरी एतिहाँसिक राम मन्दिरमा लैजाने कार्यपछि उक्त स्थानलाई कालिगण्डकी नदीमा स्नान गर्न सहज हुने स्थल सहित आवश्यक संरक्षणमा समेत चासो देखाएको समेत मेयर केसीको भनाई छ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको छ ।

Leave a Reply