सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको पुरुष र महिलातर्फको फाइनल खेल शुक्रबार हुने भएको छ । प्रतियोगिताको पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको छ भने महिलातर्फ अन्नपूर्ण र धवलागिरी गाउँपालिका प्रवेश गरेको जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ ।

बुधबार बेनीमा भएको पुरुषको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित गर्दै रघुगंगा गाउँपालिका फाईनल प्रवेश गरेको थियो।  प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा धवलागिरी गाउँपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गर्दै अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको थियो।पालिकास्तरीय भलिवलमा आठ टिमको सहभागिता रहेको थियो ।

भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply