म्याग्दी रघुगंगा गाउँपालिका-४,दर्मिजाका कुमार पाईजाले ४५ दिने निःशुल्क कुक तालिम लिए । बैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भएपछि पाईजासँगै तालिम लिएका पाईजा अहिले ब्यस्त छन् ।

‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत गाउँपालिकाको आयोजनामा ४५ दिने व्यवासायिक कुक तालिम सिकेका दर्मिजाका मुकेश गर्बुजा, मैवाफाँटका सरोज शर्मा, झिँका चन्द्रमान पुन र गगन पाईजाले म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनाले बेनीमा जारी सातौं म्याग्दी महोत्सवमा होटल ब्यवसाय सञ्चालन गरिरहेका छन् ।

महोत्सवस्थलमा स्टल नं ३ मा कुकु तालिममा सहभागीहरुद्धारा सञ्चालित होटलमा दैनिक भिडभाड हुन्छ । चिटिक्क पहिरन, हँसिलो मुहार र मिजासिलो व्यवहारले ग्राहकलाई आर्कषित गरेको छ । होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, थप नयाँ परिकारलाई समेत प्राथमिकता दिने गरेको मुकेश गर्बुजाले बताए ।

‘हामीले तालिम लिएलगत्तै होटल सञ्चालन गर्दा धेरै सिक्ने अवसर पनि पाएका छौ,‘परिकार बनाउन सजिलो हुन्छ,ग्राहकको चाहना अनुसारको परिकारले व्यावहारिक अभ्यास भएको छ’ गर्बुजाले भने । होटल तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज भएको अर्का कुक सरोज शर्माले बताए ।

‘सिप भए अवसरको समस्या हुदैन्, हामीले तालिममात्रै लिएर धेरै बुझ्ने अवसर पाएका छौ’ उनले भने । तालिम बाहेक यूटुव लगायत विभिन्न माध्यमबाट समेत सिक्ने अवसर मिलेको बताए। काठमाण्डौ एसिएन हस्पीलाटी एकेडेमीका सञ्चालक रविन घलेले समेत सहजीकरण गरेका छन् । तालिम लिएका दक्ष कुकलाई आर्कषक सुविधा सहितको जागिरको खोजीमा आफुँले सहयोग गरेको प्रशिक्षक घलेले बताए ।

‘तालिम लिएका कुकलाई खाली हात बस्नुपदैन्,‘अहिलेसम्म तालिमपछि आफै ब्यवसाय सञ्चालन गर्ने धेरै छन्’ प्रशिक्षक घलेले भने । उनले यूवाहरुले होटल सञ्चालन गरेर दैनिक २० देखि ४० हजारसम्मको कारोबार हुने गरेको छ ।

तालिम लिएर यूवाहरुले होटल ब्यवसाय सञ्चालन गरेपछि गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी सहितको टोलीले समेत स्थलगत अवलोकन तथा थप प्रोत्साहन गरेको यूवाहरुको भनाई छ । म्याग्दीमा ब्यवसायीक होटल तालिममा काठमाण्डौ एसिएन हस्पीलाटी एकेडेमीले नियमित सञ्चालन गर्ने गरेको छ ।

 

Leave a Reply