बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ ।
शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले पराजित गर्दै रघुगंगा–४ दर्मीजा सेफिफाइनलमा पुगेको हो ।
रघुगंगा–६ पाखापानीलाई ३३ का विरुद्ध ४४ स्कोरले पराजित गर्दै रघुगंगा–३ पिप्लेको (ए) समूह सेमीफाइनल पुगेको छ । अन्नपूर्ण–६ लाई ४५ का विरुद्ध ६५ स्कोरले पराजित गर्दै बेनपा–८ र रघुगंगा–३ पिप्लेको (बि)लाई ३८ का विरुद्ध ४८ स्कोरले बेनपा–१० ले जित निकालेको हो ।

रघुगंगा–४ र बेनपा १० तथा रघुगंगा–३ र बेनपा–८ सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।

८ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो चरणको खेल लिग कम नक आउट सिस्टममा खेलाइएको थियो । शनिबार फाइनल हुने जिल्ला बास्केटबल संघका चाम पुर्जाले बताउनुभयो ।  प्रतियोगितामा प्रथम र दृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र १५ हजार प्रदान गरिने मुल आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । 

Leave a Reply