म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा म्याग्दीको सबै स्थानीय तहको वडास्तरमै प्रविधिसहित दक्ष प्राविधिकको टोली खटाइने छ । विभागका निर्देशन सागरमणी पाठकका अनुसार बेनी नगरपालिका र पाँच गाउँपालिकाको ४५ वडामा ३० वटा स्टेशनमार्फत विवतरण संकलन गरिने बताए ।

‘केही महिना भित्रै जिल्लाका सबै वडामा पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिसक्ने लक्ष्य छ,‘भौगोलिक विकटतालाई हेरेर कार्यतालिका बनाउनुपर्छ’ निर्देश्क पाठकले भने । उनका अनुसार डिजिलट तथ्याङ्क अनिवार्य भएकाले सबै वडाका जनप्रतिनिधिले तथ्याङ्क संकलनमा उच्च प्राथमिकता दिनुपर्ने बताए ।

एकैपटक सबै पालिकामा सम्भव नभएकाले पहिलो चरणमा बेनी नगरपालिका १० वटै वडामादुई÷दुई जनाको २० जना कर्मचारी विवरण संकलकका लागि उपकरण सहित खटाइएको छ भने दुईवटा स्टेशनलाई जिल्ला प्रशासन कार्यालयमा राखिने बताइएको छ । एउटा वडामा जनसंख्या र भौगोलिक अवस्था हेरेर ७ देखि १५ दिनसम्म विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

‘स्थानीय तहसँग समन्वय गरी कार्यतालिका बनाउँछौ,‘वडामै पुगेको अवसरलाई छुटाउनुहुदैन’ प्रजिअ पौडेलले भने । विवरण संकलनमा कोही नछुटाउने गरी प्रचारप्रसार सहित स्थानीयतस्रमा रहेका संघसंस्थाको समेत सहयोग आवश्यकता रहेको प्रजिअ पौडेलको भनाई छ । पहिलोचरणमा बेनपा, मंगला गाउँपालिका हुदै सुरू गर्ने तयारी छ । भौगोलिक रुपमा विकट मानिएको र हिमपात हुने वडाहरूमा फागुन महिनापछि मात्रै विवतरण संकलन गरिने छ ।

राजनीतिक दल सहित जनप्रतिनिधि र अन्य सरोकारवाला निकायको उपस्थ्तिीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,बेनी नगरपालिकाका मेयर सुरत केसीले वडामा टोल र बस्तीलाई विभाजन गरी वितरण संकलन गरिने बताए । उनले वडाका जनप्रतिनिििधको कार्यतालिका नै बनाएर नै विवरण संकलन गरिने बताए ।

????????????????????????????????????

सोही अवसरमा जनप्रतिनिधि, वडा सचिव लगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना संकलन गर्न मात्रै ३० मिनेट समय लाग्ने गर्दछ। राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकाले अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता शाखाबाट नम्बर लिने गरिएकोमा वडास्तरमै अभियान सञ्चालन हुने भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गराउन सक्छन्। राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, बैंकिङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् । यता जिल्लाका राजनीतिक दलले समेत अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply