गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेनी अस्पतालमा आएर सेवा लिने गरी गुणस्तरीय सुविधालाई थप गर्ने बताउनुभएको छ । उहाँले ५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन समयमै सम्पन्न गरेर यहाँ उपचारका लागि आउने गरी काम गर्ने बताउनुभएको हो ।

सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव,माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहलाईभवन अलपत्र परेर जनतालाई गुणस्तरीय सेवा दिन समस्या भएको बताउनुभयो ।

‘भवन समयमै बनाएर जनताको आँसु पुछ्न ठेकेदार रबीजीलाई निर्माणकार्य छिटो सम्पन्न गर्नुहोस्’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । ‘यो अस्पतालले धौलागिरी क्षेत्रमै राम्रो उपचार गरेको धेरै जानकारी छ,‘बागलुङमा नभएको शल्यक्रिया यहाँ आएर सफल भएको समाचार मैले पनि सुनेको थिए’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले निक साइमनबाट प्राप्त सहयोगले अस्पतालले गुणस्तरीय सेवा दिएको बताउँदै भवन सम्पन्नमा ढिलाई नगर्न समापन समारोहस्थलबाटै निर्देशन दिनुभएको थियो ।

Adv

‘पोखरामा जस्तै यहाँ पनि सेवा दिन सकिन्छ, कुनैदिन बेनी अस्पतालमा उपचार गर्न आउने चाहना छ’ मुख्यमन्त्री अधिकारीले बताउनुभयो । पाँचबर्षबाट फर्किदै गर्दा अस्पतालमा उपचार गर्न आउने गरी आफ्नाृ निरन्तर सहयोग हुने बताउनुभयो ।

स्मरणरहोस् मुख्यमन्त्री अधिकारी नै स्वास्थ्यमन्त्री हुदाँ बेनी अस्पताल २५ शैयाबाट ५० सैयामा स्तरउन्नती भएको थियो । पटकपटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको थियो । अहिले भवन अलपत्र अवस्थामा छ ।

निर्माण व्यवसायी सिंहकोे तस्बिर र सम्पर्क नम्बरसमेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर समेत विरोध गरिएको थियो । अहिले छिमेकी जिल्ला पर्वतका पदम गिरी संघीय सरकारको स्वास्थ्य मन्त्री नियुक्ती भएकाले भवन सम्पन्न गर्न ठेकेदारलाई दवाव पुगेको अवस्थामा मुख्यमन्त्रीको निर्देशनले अलपत्र कामले गति लिन सक्ने अनुमान गरिएको छ ।

Adv

तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

२० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करिब तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशतमात्रै सकिएको छ ।

निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ ।

बेनी अस्पतालले अहिले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । समयमै भवन नबन्दा स्वास्थ्यसम्बन्धी सबै सेवा गुणस्तरीय रूपमा सेवाग्राहीलाई दिन नसकेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । अध्यक्ष सुबेदीले प्रधानमन्त्री प्रचण्ड सहित संघीय सरकारका विभिन्न निकायमा पुगेर समेत दवाव दिएको बताउनुभयो ।

Leave a Reply