अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

फोटो प्रदर्शनीमा १ सय वर्ष अघिको बेनी : १० हजार दर्शकले गरे अवलोकन

On: January 22, 2023 1:10 PM
Follow Us:
---Advertisement---

धु्रवसागर शर्मा
म्याग्दी ८ माघ
म्याग्दीको सदरमुकाम बेनीमा शनिवार (हिजो) साँझ सम्पन्न सातौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि, पर्यटन औद्योगिक व्यापार मेलामा आकर्षणको रुपमा रहेको फोटो प्रदर्शनीमा १० हजार बढी दर्शक अवलोकन गरेका छन् ।
फोटो प्रदर्शनीमा १ सय वर्ष अघिको बेनी बजारका तस्वीरले सबैको मन खिचेको स्टल संचालक एवम् फोटो संकलक भोजबहादुर रिजालले बताए ।

गत पुस २८ गतेदेखि संचालित महोत्सवमा जिल्लाको प्रचार प्रसारमा टेवा पु¥याउने उद्धेश्यले जिल्लाका ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थलहरुका १ सय बढी फोटाहरु राखिएको थियो ।जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुलाई समेटेर महोत्सवमा प्राथमिकताको साथमा विशेष स्टल नै राखेर फोटो प्रर्दशनी गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
फोटो प्रदर्शनी स्थलमा भेटिनुभएका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बेनी बजारको पुरानो फोटो देख्दा आफू केटाकेटी हुँदा देखेको बेनीबजारको झझल्को आएको बताए । ‘मलाई बाल्यकालमा देखेको बेनीबजारको याद आयो, त्यति बेलाको बेनी बजार र अहिलेको बेनी बजार देख्दा आफ्नो जीवनकालमा नै यति ठूलो परिवर्तन भएछ भन्ने कुराको बोध पनि भयो’ उपाध्यायले भने ।
त्यसैगरी अर्का जेष्ठ नागरिक ६९ वर्षिय टेकबहादुर मिजारले आँफै घुमेर जिल्लाका प्राकृतिक,धार्मिक र पर्यटकीय स्थलहरु देख्न नपाए पनि फोटोमा हेरेर जिल्लाका राम्रा राम्रा ठाउँहरु चिन्ने अवसर पाएको बताए ।
बेनीमा फोटो स्टुडियो संचालन गर्नुभएका रिजालले जिल्लाका पत्रकार,फोटो ग्राफर र विभिन्न संघसंस्थाहरुबाट संकलन गर्नुभएका फोटा आकर्षक कलेबर(फ्रेम) सहित प्रदर्शनी स्थलमा राखिएको छ ।
फोटो प्रर्दशनीले जिल्लाको प्रचारप्रसारमा समेत ठुलो योग्दान पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । प्रदर्शनीमा फोटाहरु हेर्न स्कुले बालबालिकाहरुदेखि बृद्धबृद्धाहरुको समेत भीड लागेको थियो ।