म्याग्दीको मंगला गाउँपालिका वडा नं २ काफलचौरमा बोलेरो दुर्घटना हुदाँ ६जना घाईते भएका छन् ।थाईवाङबाट बेनी तर्फ आउँदै गरेकोबोलेरो रोकिराखेको अवस्थामा एक्कासी सडकमै पल्टिएको प्रहरी चौकी बावियाचौरका प्रहरी सहायक निरिक्षक लालबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सडकमा एक्कासी पल्टिएपछि यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाईते हुनेमा बिपना भण्डारी, रेजिना परियार, टेक बहादुर गर्बुजा फमाया गर्बुजा र सन्तु केसी रहेको बेनी अस्पतालका सदस्य विज्ञानराज शर्माले बताउनुभयो। उहाँका अनुसार घाईतेमध्ये फमायाँ गर्बुजालाई गहिरो चोट लागको छ । दुर्घटनामा घाईते भएका अन्यको अवस्था सामान्य रहेको छ । घाईतेलाई मंगला गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ बावियाचौर इकाईका सभापति राजु पाण्डेको सवारीसाधन प्रयोग गरी थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

घाईतेको उद्धारका लागि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो । अध्यक्ष रोकाले तत्कालै थप उपचारको तयारीका लागि बेनी अस्पतालमा समेत खवर गर्नुभएको थियो । बोलेरो दुर्घटनामा परेको देखेपछि स्थानीय उद्धारमा खटिएका थिए । बोलेरोमा ९ देखि १२ जना सवार रहेको बताइएको छ । बोलेरो स्टाटमै रहेको अवस्थामा असावधानीका कारण दुर्घटनामा परेको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

 

Leave a Reply