राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठ नियुक्त हुनु भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगा स्थायी घर हुनुभएका श्रेष्ठलाई प्रचण्ड नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ती गरेको प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिवालयका पुनम खड्काले जानकारी दिनुभयो । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए ।

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक श्रेष्ठले अघिल्लो बाम गठबन्धनको सरकारमा आर्थिक सम्बन्धित समितिमा बसेर समेत योगदान दिनुभएको थियो । नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावाधिरि गर्नुभएका डा. श्रेष्ठको परिकल्पनामा हरियाली मोडेलको कृषि अभियान समेत सञ्चालित छ ।

नेकपा माओवादी केन्द्रबाट समानुपातिकको सूचीमा समेत रहनुभएका उपाध्यक्ष डा. श्रेष्ठले साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र त्यसपछि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालेको अनुभव छ । अघिल्लोपटक उपाध्यक्ष हुदाँ श्रेष्ठकै पहलमा बेनी दरबाङ सडकखण्ड कालोपत्रेले गति लिएको थियो ।

गएको प्रतिनिधिसभा तथा प्रदेशसभामा डा. श्रेष्ठ बामलोकतान्त्रिक गठबन्धनलाई जिताउन जिल्लाका अ अधिकांस चुनावी अभियानमा पुग्नुभएको थियो । म्याग्दीको भुगोलका बारेमा राम्रोसँग जानकार श्रेष्ठ उपाध्यक्ष भएपछि यसपटक विकास निर्माणका क्षेत्रमा थप प्राथमिकतामा पर्ने अपेक्षा म्याग्देलीले गरेका छन् ।

Leave a Reply