दक्षिण कोरियाको जेजु टापुमा आयोजित हर्स राइडिङ प्रतियोगितामा म्याग्दीका यूवाले काँस्य पदक जितेका छन् । ६५ जना प्रतिस्पर्धी सहभागी रहेको Korean equestrian association नाम दिइएको प्रतियोगितामा बेनी नगरपालिका–८,पिपलचोकका प्रवेश खत्री क्षत्रीले पदक जितेका हुन् ।चेजु हल विश्वविद्यालयमा अध्ययनरत क्षत्री बाहेक सबै कोरियाली प्रतिस्पर्धी थिए ।हालसम्म ओपन हर्स राइडिङ प्रतियोगिताको ८ वटा खेलमा सहभागी भएका क्षत्रीले यसअगाडी ३ स्वर्ण र रजत पदक जितेका छन् ।

कोरियाको घोडा संगठनले आयोजनामा हुने प्रतियोगितामा समेत सहभागी भएका क्षत्रीले आफ्नो नियमित अभ्यास सहित प्रशिक्षकको साथ र सहयोगले पछिल्लो समय खेलमा धेरै सुधार आएको बताए ।‘मेरो लागि नौलो खेल हो, नेपालमै यस्तो प्रतियोगिता हुदैन,विद्यालय जिवनमा यस्तो खेलका बारेमा जानकारी नै थिएन’ क्षत्रीले बेनीअनलाइनलाई भने । उनले कोरियामा नियमित प्रशिक्षणको अवसर समेत मिलेको बताए ।

उनले आफ्नो देशबाट प्रतिनिधित्व गदैं विभिन्न खेलहरुमा सहभागी हुने चाहना रहेको बताए । उनले नेपालमा प्रतियोगिताको अभ्यास कमै रहेको अवस्थामा नेपालबाट ओलम्पिक खेल्ने चाहना रहेपनि सम्बन्धित निकायसँग समन्वयको अभाव रहेको बताए । बेनीको माउण्ट एभरेष्ट आवासीय माविबाट एसईई दिएका क्षत्रीले सन् २०१८ मार्चमा विश्वविद्यालयमा भर्ना भएर घोडाको रेखदेख गर्ने कम्पनीमा काम गदै सिकेको सीपलाई प्रयोग गरी २० सेमी क्लास जम्पिङ र ७० सेमी क्लास जम्पिङमा स्वर्ण जितेको थिए ।

‘यहाँका अनुभवी खेलाडीहरुसँग पनि खेल्न थालेको छु,‘आफ्नै देशका नाममा पदक ल्याउने सपना छ’ उनले भने । सन् २०२० डिसेम्बरमा जम्पिङ रिलेमा चौथो, सन् २०२१ मे महिनामा भएको ६ खेलमा ४० कक्षा जम्पिङमा रजत, रिलेमा स्वर्ण र समूह मिसनमा काँस्य पदक जितेका थिए ।

उनी बाएन्ग्दुई घोडा फिर्ता क्लबबाट माइल घोडा शो जम्पिङ खेलमा सहभागी भएका थिए । हाल नयाँ कोर्स सहित प्रतियोगितामा सहभागी भइरहेका क्षत्रीले अन्तराष्ट्रिय हर्स राइडिङमा समेत सहभागी हुने लक्ष्य राखेको बताए । कोरियाको परम्परागत चलन मध्येको एक घोडसवारी समेत मानिन्छ । राइडिङ ग्राउन्ड र क्लबहरूमा घोडा चढ्ने उत्साहको लहर छाएको छ भने हरेक ग्राउण्डमा राइडर्स प्रतियोगिता हुन्छ ।

 

Leave a Reply