एउटा खेलाडी उत्कृष्ट खेलले कति फरक पार्छ प्रतियोगितामा ? रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सविना विकको खेलबाट प्रष्ट हुन्छ। रघुगंगा माविबाट प्रतियोगितामा सहभागी भएकी कक्षा ८ मा अध्ययनरत विकले एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गदैंपाँच स्वर्ण पदक दिलाएकी छन् ।

उनले ८ सय, १५ सय मिटर, ४ इन्टु ४ सय, हाइजम्प र १ इन्टु १ सय मिटर रिले दौडमा स्वर्ण पदक जितिन् । सविना सहभागी सबै खेलमा चम्किदाँ विद्यालयले यसपटक पनि सम्रग नतिजामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भयो ।जिल्लास्तरीय प्रतियोगितामा पदक जितेपछि

विद्यालयमा इमान्दार र मेहनती मानिने सविनाले खेलकुद प्रतियोगिताबाट विद्यालयलाई निरन्तर पदक दिलाएको विद्यालयका प्रअ रमेशसिंह ठकुरीले बताए ।‘सविना चम्किदाँ पदक तालिकामा विद्यालय धेरै माथि पुगेको छ,‘सामान्य अभ्यासबाटै उत्कृष्ट नतिजा निकाल्न सफल भएकी छन्’प्रअ ठकुरीले भने । एथलेटिक्स विधामा अलराउन्ड सविनाले समान्य अभ्यासबाटै ठूलो सफलता प्राप्त गरेको अवस्थामा सबैको साथ र सहयोग पाए धेरै राम्रो गर्न सक्ने प्रअ ठकुरीको भनाई छ ।सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजित ६ हजार मिटर दौडमा समेत सविना प्रथम भएकी थिईन् ।

जिल्लास्तरीय खेलमा सविनाको एकल प्रयासले प्राप्त ५ स्वर्ण सहित ६ रजत र २ काँस्य पदकले सम्रग नतिजामा दोस्रो भएको अवस्थामा अव हुने जिल्लास्तरीय प्रतियोगितामा विद्यालयलाई प्रथम बनाउने खेलाडी उत्पादन भएको प्रअ ठकुरीले बताए ।

गत असार महिनामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सविनाले एथलेटिक्स विधाका खेलमा दबदबा कायम मात्रै गरिन् एक्लै विद्यालयलाई ५ स्वर्ण र एक रजत पदक दिलाएकी थिईन्।

१३ बर्षिया विकले जिल्लामा ३ हजार, १५ सय, ८ सय, रिले दौड, लङजम्प विधामा स्वर्ण सहितको पदक जितेर प्रतियोगिताकै चर्चाको खेलाडी बनेकी थिईन् ।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर दर्शकलाई समेत चकित पार्ने गरेकी सविनाले जिल्लास्तरीय खेलमा डेब्यूमै प्राप्त गरेको नतिजालाई पालिकास्तरीय खेलमा समेत दोहोराएकी छन् ।

आर्थिक अवस्था कमजोर भएपनि एथलेटिक्स विधामा चम्किएकी सविनाको अनुभवी प्रशिक्षकबाट प्रशिक्षण लिने सपना रहेको बताईन् ।

उनले विगतमा प्रतियोगितामा विद्यालयको सहयोगमा आवश्यक साम्रागी जुटाउने गरेको बताए । उनले एलेटिक्स खेलबाटै जिल्लालाई राष्ट्रिय पदक दिलाउने आफ्नो लक्ष्य रहेको बताईन् । प्रतियोगितामा रघुगंगा माविबाटै सहभागीबाटै एथलेटिक्स विधामा सहभागी भएर सुमन विक छात्र तर्फ ४ स्वर्ण र १ रजत जितेका थिए ।

म्याग्दीमा बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला र मालिका गाउँपालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरेका छन् । १ नगरपालिका र ५ गाउँपालिकास्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता आगामी फागुन महिनामा गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply