गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुदर जुग्जालीलाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकास मार्फत समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । 
‘‘गण्डकी प्रदेश पर्यटनको हब बन्न सक्छ, अघिल्लो सरकारले समेत समृद्धिको पहिलो आधार पर्यटनलाई नै मानेको थियो, तर बजेट विनियोजनमा पर्यटन क्षेत्र ओझेलमा प¥र्यो, अहिले मैले नेतृत्व गरेको मन्त्रालयमा कुल बजेटको जम्मा ४ प्रतिशत मात्रै बजेट छ, अन्य क्षेत्र प्राथमिकतामा पर्दा, पर्यटन र उद्योगको क्षेत्र उपेक्षामा परेको छ, यसको सन्दर्भमा आगामी बजेट निर्माणको चरणमा घनिभुत छलफल हुन्छ’’–मन्त्री जुग्जालीले भन्नुभयो ।
म्याग्दीमा धौलागिरि र अन्नपूर्ण चक्रिय पदमार्गसंगै अन्य आधा दर्जनबढी हिमालको आधार शिविर पुग्ने पदमार्गहरुमा पूर्वाधार निर्माण गरि अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारको आबश्यकता रहेको बताउँदै मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारले त्यसतर्फ उचित सम्बोधन गर्ने बताउनुभयो ।
विकासमा स्थानीय तहका प्राथमिकता र आबश्यकतालाई ध्यान दिएर पूर्वाधारमा सडक र समृद्धिमा पर्यटनलाई जोड दिन सकेमा आम नागरिककले विकासको अनुभुति गर्ने र जिवनस्तर सुधारमा सघाउ पु¥याउने मन्त्री जुग्जालीको भनाई थियो ।
कार्यक्रममा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जुग्जालीलाई स्वागत एवम् सम्मान गरिएको थियो । शुक्रबार माहारानीथानस्थित पाटी कार्यालयमा पाटीका नेता तथा कार्यकताहरुको उपस्थितमा नवनियुक्त मन्त्रीलाई सम्मान कार्यक्रम गरिएको हो ।
नवनियुक्त मन्त्री जुग्जालीलाई संविधान सभा सदस्य एवम् पाटीका जिल्ला ईन्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, गण्डकी प्रदेशका निवर्तमान सदस्य विनोद केसी, बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसी लगायतका नेताहरुले फूलमालाले सम्मान एवम् बद्याई ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै जिल्ला इन्र्चाज गोविन्द पौडेलले राजनीतिज्ञसंग परामर्श लिएर जनताको काम गर्न नवनियुक्त मन्त्री जुग्जालीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै प्रदेशसभा सदस्य हरी भण्डारीले म्याग्दीको विकास र शुसासनका लागि प्रदेशका मुख्यमन्त्री, मन्त्री, जिल्लाका अग्रज नेता तथा कर्मचारीहरुसंग समन्वय तथा छलफल गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य विनोद केसी, एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना, पालिका इन्चार्ज, अध्यक्ष लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बेनी नगर कमिटी अध्यक्ष शेरबहादर केसीको अध्यक्षता सचिव ज्ञानेन्द्र सुवेदीको संचालनमा स्वागत एवम् सम्मान कार्यक्रम सम्पन्न भएको थियो । नवनियुक्त मन्त्री जुग्जाली नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुनुहुन्छ भने प्रदेश निर्वाचन क्षेत्र (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply