पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ ।

शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागि प्रतियोगितामा रिभर साइड बगरफाँट युवा क्लव प्रथम हुँदै रु १ लाख पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो । त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल भएको छ ।

विभिन्न २४ टिम सहभागि उक्त प्रतियोगितामा दोस्रो भएको रिभर साइड बगरफाँट युवा क्लवले रु ५० हजार नगद सहित पुरस्कार प्राप्त गरेको हो । पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरुमा लागेका छन् ।

यहाँका युवाहरुले कोरोना कालमा घरघरमा पुगेर औषधी,मास्क,स्यानिटाइजर लगाएतका सामाग्रीहरु वितरण गर्नेदेखि लिएर अस्पताल सम्म लगेर उपचार गराएर ल्याउने समेत गरेका स्थानीयले बताएका छन् ।

समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा,विवाह ब्रतब्रन्धजस्ता मांगलिक कार्यहरु गर्दा होओस् वा दैवि विपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरु आइपर्दा यहाँका युवाहरुले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरुको भनाइरहेको छ ।

Leave a Reply