रवि अर्थात रवि लामिछाने । हिजोआज चर्चाका पात्र । देशले परिवर्तनका संवाहक ठानेका युवा । आशा र भराेसाका केन्द्र विन्दु मानेका युवा । अरुलाई निति , नियम कानुन र नैतिकताको पाठ पढाउने युवा । तर उनै युवा उनको नागरिकताबारे अदालतकाे फैसलाले आलोचनाको सिकार बनेका छन्। रविकाे चर्चा यसै चुलिएको हाेइन ।
तन्नेरी अवस्थामा हरियो पासपोर्ट बाेकेर अमेरिकी भासिएका रवि जब मातृभूमि फर्किएर देशमै केही गराै भनेर राेकिए । सिधा कुरा जनतासँग भन्ने कार्यक्रम मार्फत जनताको दुःख, समस्या र पिडामा साथ दिएर मलम लगाए । कुनै बेला अधिकांसकाे निकै प्रतिक्षामा रहने साे कार्यक्रमले गलत प्रवृत्तिका मानिसहरुकाे मुटुमा ढ्याङ्ग्राे ठाेक्याे ।
बेसाहाराकाे साहारा बन्यो । धेरैको मनमुटुमा बस्न सफल भए । जब रविमा फल लाग्यो तब मानिसहरु ढुङ्गा हान्न थाले । नेपाली नागरिकता त्यागेर ग्रिनकार्ड लिएकाे मुद्दा उठउरहे भने अर्कोतिर उनका अनुयायी र शुभचिन्तकहरु रविलाई राजनीतिमा आउन र विसंगति विरुद्ध लड्न प्राेत्साहित गरिरहे । यसैबिच न्युज ट्वान्टी फाेरमा सिघा कुरा जनतासँग कार्यक्रम बिट मारेर ग्यालेक्सी टेलिभिजन स्थापना गरे अनि सिधा कुरा कार्यक्रम सञ्चालन गरे । उनी यतिले मात्र धर पाएनन् ।
२०७९ असार १ मा ग्यालेक्सी टिभी छाेडेर भष्ट्रचारीहरुकाे मुटुमा घण्टी बजाउछु भन्दै संस्थापक सभापति बनेर २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र दल दर्ता गरे । पुराना नेता र पार्टीबाट वाक्क बनेका परिवर्तनगामीहरुकाे साथ र सहयोग थपिदै गयो । जस्काे परिणाम २०७९ मंसिर ४ गतेकाे चुनावमा देखियो ।
शक्तिशाली व्यक्तिहरुलाई पाखा लगाउदै चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भए । राजनीतिमा काे कतिखेर स्थापित हुन्छ, काे कतिखेर विस्थापित हुन्छ पत्तै पाईदैन । पार्टी स्थापनाकाे केही महिनामै शक्तिशाली गृहमन्त्री सहित देशकाे उपप्रधानमन्त्री काे सपथ लिए ।
जब सपथ लिए फेरि विराेधीहरु चलमलाउन शुरु गरे । ३२ दिन काट्न नपाउदै अदालतले अंकुश लगाइदियाे, नेपाली नागरिक नभएकाे फैसला गरिदियो । पार्टी सभापति, उपप्रधानमन्त्री, गृहमन्त्री र साँसद पद त गयो गयाे अनागरिक भएकाे बिल्ला भिड्न बाध्य भए । अदालत सहि कि गलत ? रवि सहि कि गलत ? यस्तो फैसला गर्ने ल्याकत सायदै हामीमा हाेला।
तर अामा र नागरिकता फेरेर फेरिदैन । आमाले जीवन संगिनी फेर्दै गर्दा पनि सन्ततिकाे आमा फेरिदैन । नेपालमा बंशज रुपमा जन्मिएका नेपाली स्वत नेपाली नागरिक हुन चाहे उस्ले ग्रिनकार्ड प्राप्त गराेस् वा पिआार । तर विचारनिय कुरा के छ भने एकपटक नेपाली नागरिकता त्याग गरेको घाेषणा गरिसके पछि पुन आवेदन दिई प्रकृया पूरा गर्नु पर्ने हुन्छ । यहिनेर रवि चुकेका देखिन्छ ।
१८ नागेका तर नागरिकता नलिएकाे व्यक्ति नागरिकता प्राप्त नगरुञ्जेल अनागरिक नै हाे सायद । रवि जस्तै अवस्थाका युवाहरू लाखौं हाेलान तर अरुले गल्ती गर्यो भने आफुलाई गल्ती गर्ने छुट छैन । पुरानो नागिरकताले जागिर खाए, विवाह दर्ता गराए, ग्यालेक्सी खाेले, पार्टी दर्ता गरे, सभापति भए, चुनाव लडे-जिते, मतदान गरे, उपप्रधानमन्त्री तथा गृहमन्त्री बने, सपथ लिए, सदनमा भाषण ठाेके तर विधि विधान भन्दा माथि काेहि हुन सक्दैन ।
झन रवि जस्ताे परिवर्तनका अगुवा घाेषित सचेत युवा जस्ले देशकाे कसिङ्गर साेहाेर्न जीवन दाउमा लगाए उनी त झन नैतिक र कानुनी रुपमा बाधिनै पर्छ । अदालतकाे निर्णय स्वागत गरेपनि, पदबाट राजीनामा दिएपनि तत्काल अनागरिकबाट नागरिक हुन रविले आत्मआलाेचना सहित नेपालकाे संविधान बमोजिम कानुनी प्रकृया चाल्नै पर्छ । रविलाई नागरिकता र पासपोर्टबारे बारम्बार प्रश्न उठ्दा ग्रिनकार्ड त त्यागे तर थप प्रकृया किन चालेनन् ? सल्लाहकारहरुले उचित सल्लाह किन दिएनन् ?
यसकाे उत्तर समयमै खाेज्नु पर्छ । हाेईन भने रवि जस्ता लाखौं युवाहरु जस्ले रहरले हाेस् या कहरले विदेशी भुमीमा रगत र पसिना बगाउदैछन्, ग्रिनकार्ड र पिआर लिन बाध्य छन्, उनीहरुकाे मनमा उठेका प्रश्न हरुकाे उत्तर कस्ले दिने ? हाेइन भने प्रकाश सपुतकाे याे देश मेराे पनि हाेईन र ? भन्ने गित गुनगुनाउनुकाे विकल्प छैन । नत्र सतिले सरापेकाे देशमा सम्झने पानी छम्कने । अस्तु !