म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । शाखाको बर्ष २०२३ का अध्यक्ष सुमन बानियाँको नेतृत्वको कार्यसमितिले २४ औ पदस्थापन गरेको हो ।

म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गदैं यूवाले समाजमा सन्देश प्रवाह गर्ने कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यूवाहरुको नेतृत्व र क्षमता विकास सहित अन्य रचनात्मक कार्यहरुमा निरन्तर सक्रियतापूर्वक सहभागिता जनाउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा विशिष्ट अतिथी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले म्याग्दी जिल्लाभित्रका यूवाहरुको पहुँचमा पुग्ने गरी जेसिजका अभियानलाई सञ्चालन गर्नुपर्नेमा जोड दिएकी थिईन् ।

युवाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने जेसीजको अभियान सकरात्मक भएकाले ग्रामिण क्षेत्रका यूवाहरुलाई समेत जोड्नुपर्ने बताएका थिए ।

सन् २०२२ को कार्यसमितिमा रहेर काम गर्नेलाई पुरस्कार वितरण तथा विभिन्न कोषबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल जेसीज २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठ, कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले समेत शुभकामना मन्तव्य राखेका थिए ।

म्याग्दी जेसीज वर्ष २०२२ का महासचिव विष्मा श्रेष्ठ, निर्वाचन समिति सदस्य सचिव खम थापा मगर, २०२३ का महासचिव कुमार बानियाँले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा २०२१ का शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । २०२२ का शाखा अध्यक्ष सन्दिप खत्रीले उत्कृष्ट शाखा पदाधिकारी, सदस्यहरुलाई पुरस्कृत सहित सञ्चालक समिति, पूर्व अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

म्याग्दी जेसीजले स्थापनाको २५औं वर्षको अवसरमा क्षेत्र ख सम्मेलन समेत आयोजना गरेको छ ।म्याग्दी जेसिजले स्थापनाकालदेखि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, पर्यटन प्रर्वधन सहित सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply