खेल नसकिदैं न्यु होराइजन आवासीय माविको जित निश्चित

पर्वतको जलजला गाउँपालिकामा जारी गाउँपालिकास्तरीय अन्तर विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको खेल सकिनु अगावै न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको विजय सुनिश्चित भएको छ ।

“खेल स्वास्थ्यका लागी खेलाडी राष्ट्रका लागी“ भन्ने मुल नाराका साथ जारी प्रतियोगितामा होराइजनले सम्रग नतिजामा अग्रता लिएकाले प्रतियोगिताको उपाधी निश्चित भएको विद्यालयका प्रिन्सिपल अर्जुन पौडेलले बताउनुभयो । ‘एउटा खेलमात्रै बाँकी छ, पदकतालिकामा हामीले उछिनेका छौ’ पौडेलले भन्नुभयो ।

१६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स सहितका खेल गरी ११ वटा इभेन्ट भएको थियो । जसमा भलिबलको एक खेल बाहेक सबै सकिएको छ । प्रतियोगितामा होराइजनले ९ स्वर्ण,४ रजत र ३ काँस्य जितेको छ । त्यस्तै विद्याज्योति माविले ६ स्वर्ण, ४ रजत र ६ कास्य जितेको छ भने जनकल्याण माध्यमिक विद्यालय नाग्लिवाङले ३ स्वर्ण पदक र ७ रजत पदक सहित तेस्रो भएको छ । प्रतियोगिताको बाँकी खेलबाट एक पदक मात्रै जोडिने छ ।