न्यु होराईजन आवासीय माविले जलजला गाउँपालिकाको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

मोहनचोकमा सोमबार सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेको न्यु होराइजनले उपाधी चुमेको हो । ७ स्वर्ण, ६ रजत, २ कास्यपदक जितेको विद्याज्योती मावि दृतीय र ३ स्वर्ण र ७ स्वर्ण पदक जितेको जनकल्याण मावि नाग्लीवाङ तृतीय भयो ।

ज्योतीमण्डल मावि वाँसखर्कले १ कास्य, अमृत आदर्श प्याराडाइज एकेडेमीले १ स्वर्ण, २ रजत र २ कास्य, लुङ्दी आधारभूतले २ कास्य, ग्रामप्रकाश माविले २ रजत र ३ कास्य, शालिजा माविले १ स्वर्ण र १ कास्य, ज्योती माविले एक कास्य, फर्सेधाइरीङ माविले १ स्वर्ण, १ रजत र ३ कास्य, बनौ माविले १ रजत र १ कास्य पदक जितेका छन् ।

प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा १६ विद्यालयले भाग लिएका थिए ।

विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीहरुले पुरस्कार वितरण गर्नुभएको थियो । जलजला गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply