म्याग्दी जेसीजको न्यानो माया कार्यक्रम अन्तर्गत ३१ जना विधार्थीलाई सहयोग गरिएको छ । म्याग्दी जेसीजले सोमबार मगला गाउपालिका–३ बरजाको जनपृय आधारभुत विधालयका विद्यार्थीहरुलाई न्यानो कपडा (सुईटर) वितरण गरेको हो । विधालयको ३५ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा विधालयका आर्थिक अवस्था कम्जोर रहेका परिवारका ३१ जना वालवालिकालाइ न्यानो सुइटर वितरण गरिएको हो ।

कार्यक्रम मिलन रोकाको अध्यक्षता,वर्डा अध्यक्ष याम बहादुर रोकाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका अवसरमा बोल्दै म्याग्दी जेसिजको २०२३ का अध्यक्ष सुमन बानियाले गाउँ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ । शनिबार पदस्थापनापछिको यो पहिलो कार्यक्रम समेत हो । रेडक्रस भवनमा रहेको आचार्य वस्त्रालयका माधव आचार्यले २० थान सुईटर सहयोग गर्नु भएको थियो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।विधालय र न्यु स्टार युवा क्लवको वार्षिकोत्सबको अवसरमा जिल्ला स्तरिय मावी वकृतित्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ।

समाज परिवर्तनमा युवाको भुमिका विषयक वकृत्त्वकला प्रतियोगितामा प्रकाश मावी प्रथम,न्यु वेस्ट प्वाइन्ट दितिय, म्याग्दी एकेडमी तृतिय, महेन्द्र रत्न मावी र जामुना खर्क माविले सान्त्ना स्थान हासिल गरेका छन । प्रथम,द्दितिय,तृतिय र सान्त्वना हुने विधालयले क्रमश ८ हजार ,५ हजार, ३ हजार नगद सहित प्रमाण पत्र दिइएको थियो । प्रतियोगितामा जिल्लाका ९ माध्यमिक विधालयको सहभागीता रहेको थियो ।

Leave a Reply