---Advertisement---

न्यु स्टार क्लवको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता

On: January 31, 2023 12:14 AM
Follow Us:

म्याग्दीको मंगला बरंजामा जिल्ला स्तरीय अन्तर मावि (१ -१०) बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।  बरंजाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ “समाज परिबर्तनमा युवाको भूमिका”  शिर्षकमा आज (सोमबार) बक्तृत्वकला  प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा प्रकाश मावि बेनीका समिर सुबेदी प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय माविका सिल्पिका जि. सी. द्वितीय,  म्याग्दी एकेडेमी सिंगाका शिखा खत्री तृतीय भएका छन्।

त्यसैगरी प्रतियोगितामा जामुनाखर्क मावी अर्थुंगेका बिनिता सुबेदी र महेन्द्र रत्न मावी बरंजा आर्भांगका लक्ष्मी रोका सान्त्वना भएका छन्।  प्रतियोगितामा प्रथम द्वितीय, तृतीय हुनेले क्रमश  ८ हजार, ५ हजार, ३ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् भने  स्वान्त्वना हुनेले १ हजार र प्रमाण पत्र तथा सहभागी सबै विद्यालयलाई नगए रु ५ सय र सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा जिल्लाका ९ वटा विद्यालय सहभागी रहेका थिए ।प्रतियोगिताका बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिका वडा नं ३ का अध्यक्ष याम बहादुर रोका, निर्णायक संयोजक डा. रामु सापकोटा निर्णायक सदस्य एवं  विशेष अतिथि संबिधान सभा सदस्य गम बहादुर श्रीश  र निर्णायक सदस्य मण्डली आधारभूत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पुनले  नगद, प्रमाण पत्र र खादाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा क्लवका कलाकारहरुले विभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।त्यसैगरी आजै क्लवले जनप्रिय आधारभूत विद्यालय खर्कका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लवले करिव ११ लाखको लागतमा निर्माण गरेको आफ्नो भवन क्लवका अध्यक्ष अनिल थापा” राजु” मार्फत जनप्रिय आधारभूत  विद्यालयलाई हस्तान्तरण गरेको न्यु स्टार युवा क्लवका सचिव गणेश केसीले बताउनुभएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित बिभिद कार्यक्रम अन्तर्गत खेलुकद र सांस्कृतिक कार्यक्रमहरु  संचालन भैरहेका छन्  ।