बेनी नगरपालिकाले नगर प्रहरीको छनौट गरेको छ । नगरपालिकाद्धारा छनौट गरिएको हवल्दारमा बेनपा–६ का शंकर पौडेल र सिपाइ पदमा रघुगंगा गाउँपालिका–३ की रेजिना विक र बेनपा–६ का अभिषेक मिजार रहेका छन् । छनौट भएकालाई नियुक्तीपछि पेशागत, सैद्धान्तिक तथा व्यावहारिक आधारभूत तालिम सञ्चालन गरिनेछ ।

नगर प्रहरीले र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण, खतराको मूल्यांकनका आधारहरू, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाइ तथा फोहोर नियन्त्रण प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, बजार कर संकलन, छाडा चौपाया व्यवस्थापन लगायतका काम गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।  नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर बेनी नगरले १ हवल्दार र २ प्रहरी जवान भर्ना गरिएकोमा थप आवश्यकता परेमा गर्न सकिने जनाइएको छ ।

Leave a Reply