म्याग्दीको पूरानो म्याग्दी बहुमुखी क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिने भएको छ ।  लायन्स क्लबस् अन्तराष्ट्रिय गुठीबाट डिष्ट्रिक्ट ३२५ आई नेपालमार्फत साइन्स ल्याब निर्माण तथा आवश्यक सामाग्रीका लागि १ लाख अमेरिकी डलर अर्थात नेपाली १ करोड ३२ लाख बराबराको साम्रागी सहयोग गर्ने निर्णय भएको क्लवका डिष्ट्रिक्ट इलेक्ट चन्द्रकुमार केसीले बताउनुभयो ।

‘म्याग्दीका लायन्सकर्मीैको पहल सफल भएको छ,‘हामीले हरेक बर्ष नयाँ प्रोजेक्टका लागि पहल गर्नेछौ’ केसीले भन्नुभयो ।

यसै आर्थिकबर्षभित्र सम्पन्न गर्ने गरी विज्ञान प्रयोगशालामा आवश्यक पर्ने सबै साम्रागी ब्यवस्थापन गरिने छ । म्याग्दी बहुमुखी क्याम्पसले समेत प्रयोगशाला राख्नका लागि संरचना तयार गर्नेछ भने लायन्सको सबै आर्थिकले उपकरणहरु खरिद गरिने छ प्रोजेक्ट कोअर्डिनेटर सन्तोष रावलले बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीमा हालसम्म किसानी मावि बिम र गलेश्वर मावि तोरिपानीमा ५ करोड बराबरको विद्यालय भवन, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ५३ लाख भन्दा बढिको स्वास्थ उपकरण सहित ८ करोड भन्दा बढिको प्रोजेक्टमार्फत भित्रिएको छ । लायन्स क्लवअन्तरगत म्याग्दीमा रहेका क्लवले समेत विभिन्न माध्यमबाट सहयोग भित्राउने गरेका छन् ।

Leave a Reply