मालिका गाउँपालिकाले सम्पन्न गरेको तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पुस्कार बहिस्कार गरेको उपविजेता देविस्थानको भिम माविले गाउँपालिकाको कार्यालयबाट पुरस्कार लिएको छ ।

प्रतियोगितामा आयोजक, उपविजेता दुबैले कमीकमजोरी स्वीकार गदैं आगामी दिनमा सामाजिक सञ्जालमा कुनैपनि विवाद र आलोचना नगर्ने सहमति समेत भएको छ । प्रतियोगिताको क्रममा १५०० मिटरको छात्र दौड, १०० इन्टु ४ को छात्रा रिले दौड र अफिसियलले पूर्वाग्रही भूमिका खेलेको तथा १५०० मिटरको दौडका क्रममा पूवाग्रही भूमिका खेलेको भन्दै विज्ञप्ती निकालेर पुरस्कार बहिस्कार गरेको थियो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, भिम माविको व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुन र प्रअ डम्बर घर्ती, जनप्रतिनिधि, कर्मचारी र अन्य विद्यालयका प्रतिनिधि सहितको उपस्थितीमा सहमति गदैं पुरस्कार वितरण गरिएको थियो । सहमतिमा आगामी दिनमा हुने खेलकुद गतिविधिमा सक्रियतापूर्वक सहभागि जनाउने जनाइएबे छ ।

खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानका लागि समेत विभिन्न माध्यमबाट भइरहेको टिकाटिप्पणीलाई समेत रोक्ने सहमति भएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । किसानीले ११ रजत र ५ कास्य, भिम माविले २ रजत र ५ कास्य, जनप्रियले ३ रजत र ६ कास्य पदक जितेको थियो ।

म्याग्दीको धवलागिरी गाउँपालिका बाहे अन्य स्थानीय तहमा औपचारिक रुपमा निकै ब्यबस्थित र समापन पनि उस्तै उल्लासमय तरिकाले माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपनि पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा भने विवाद भएको थियो ।

११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply