---Advertisement---

महिला तथा बालबालिका शाखा प्रमुखहरुलाई क्षमता विकास तालिम

On: February 1, 2023 10:27 PM
Follow Us:

सुनिता बेल्वासे\ बेनीमा जिल्लाका स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखा प्रमुख तथा सरोकारवाला निकायहरु बिच अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबार देखि सुरु भएको उक्त कार्यक्रम २ दिनसम्म संचालन हुने छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले महिला तथा बालबालिकाको क्षेत्रमा कम बजेट बिनियोजन हुने र खासै चासोको विषयका रुपमा नलिएको बताउदै, यो कार्यक्रम पश्चात कुन पालिकाले कुन विषयमा कति बजेट बिनियोजन गरेको छ भन्ने बिषयमा चासो देखाउन आग्रह गर्नु भएको छ ।

साथै बालमैत्री पालिका घोषणा गर्न अन्य सुचक पूरा भएका कारण प्रयाप्त बजेट बिनियोजन गर्न र बालमैत्री स्थानिय शासन लागू गर्न जोड दिनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा ६ वटै स्थानीय तहका महिला, बालवालिका शाखामा कार्यरत कर्मचारी ,विभिन्न सघ सस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको छ । कार्यक्रममा बालबालिका ज्येष्ठ नागरिकका हक अधिकार, प्रस्तावन, प्रतिवेदन लेखन, स्थानीय सरकारको वितेको ५ वर्षको अनुभव र मुल्यांकन कार्य योजना निर्माण लगायतका विभिन्न विषयमा संवन्धित निकायका सरोकारवाला सङ्ग अन्तरक्रिया भएको थियो । कार्यक्रमलाई प्रयोगात्मक विधिबाट सन्चालन गर्ने थापाले बताउनु भयो ।

बालबालिका महिला ज्येष्ठ नागरिक अधिकार प्रचलनमा न्यायिक समितिको क्षेत्राधिकार र भुमिकाको विषयमा जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकिल धर्मराज पौडेल, पत्र तथा टिप्पणी लेखन सम्बन्धि व्यवहारिक अभ्यासको विषयमा जिल्ला हुलाक कार्यालयका शाखा अधिकृत अमृत सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्र सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आथित्यता, सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्य को संचालनमा सम्पन्न भएको थियो ।