????????????????????????????????????

म्याग्दीको धवलागिरि गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिलाई स्वस्थ रहन समेत सहयोग पुग्ने भएकाले विद्यार्थीहरुले अध्ययन संगै खेलक्षेत्रमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा मध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल , एथलेटिक्स र उफ्रने र फ्याक्ने फिल्ड विद्याका २३ वटा इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्री लगायतले धौलागिरि गाउँपालिकामा खेल क्षेत्रमा नयाँ खेलाडीहरुको उत्पादन हुने क्रम बढ्दो रहेको र यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेका खेल प्रतिभाको पहिचानमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, हेम माविका प्रअ शेरबहादुर केसीको स्वागत र नगेन्द्र मल्लको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply