म्याग्दी अनेरास्ववियुको इतिहासमा पहिलो पटक केन्द्रिय पदाधिकारी लडदैछन विद्यार्थी नेता प्रकाश पौडेल प्रकाश पौडेल भन्दा बित्तिकै बनेको छाप हो बिपत्तिमा सेवा गर्न उभिन्छ बिभेदमा बिद्रोह गर्न कुनै कसर बाकी राख्दैन हिमाली जिल्ला म्याग्दी बाट अनेरास्ववियुको राजनीतिमा उदाएको प्रकाश पौडेल अनेरास्ववियु स्कुले जिवनमा जनकल्याण माबी को अध्यक्ष हुँदै अगाडि बढेको यात्रा अनेरास्ववियु म्याग्दी अध्यक्ष केन्द्रिय सदस्य गण्डकी प्रदेशको अध्यक्ष हुँदै आगामी २३औ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियु केन्द्रिय पदाधिकारीमा प्रकाशले पाइला अगाडि बडाउदैछन ।

स्कुल जिवनमा लोभलाग्दो सकृयता सङ्गै राजनीतिक यात्रा सुरु गरेका प्रकाश स्कुले जिवन ९ कक्षा अध्ययन गर्दा नै अनेरास्ववियु म्याग्दी जिल्ला सदस्य चयन भएका थिए त्यसपछि को सक्रियता गण्डकी को बहाब जस्तै निरन्तर छ । म्याग्दी क्याम्पसमा प्रकाश पौडेलको अगुवाइमा भएका आन्दोलन हरु चर्चित छन बाहिर रहेका कोचिङ्ग सेन्टर बन्द गरेर कलेजमै सुलभ शुल्कमा पठनपाठन गर्न भएको २०६८ सालको आन्दोलनले उग्र रुप लिएको थियो र त्यो कार्यक्रम लागू भएको थियो।

म्याग्दी क्याम्पसका प्राध्यापक हरु प्रकाश पौडेल मिसन र भिजन केन्द्रित एक आत्मविश्वास भएको बलियो ब्यक्ति हो भनेर सम्झिन्छन । अनेरास्ववियुको आन्तरिक जिवनमा पनि प्रकाशले गरेको मेहनत र संघर्ष कम छैन जनकपुर महाधिवेशन देखि प्रतिनिधित्व गरेका प्रकाश आफुलाइ लागेको कुरा स्थापित गर्न एक्लै कठिन बाटो तय गर्न पनि तयार हुन्छन त्यही स्वभावका कारण उनी आफ्नै बलमा अनेरास्ववियुमा स्थापित हुन पुगे ।

२०७१ साल पौषमा भएको १८औ जिल्ला अधिबेशन बाट म्याग्दी जिल्ला अध्यक्ष निर्वाचित भएपछि म्याग्दी अखिलले छुट्टै उचाई लियो हरेक बिपत्तिमा अग्रभागमा अखिललाइ उभ्याउने देखि आन्दोलनको अग्रमोर्चाको अगुवाइ गर्ने काम प्रकाशले गरे २०७२ को महाभुकम्पमा अनेरास्ववियुले खेलेको भुमिका बिर्सिन सकिन्न कालाबजारी लाई भन्डा फोर गर्ने देखि भत्किएका बिधालय हरुमा अस्थायी छाप्रा बनाएर पठनपाठन सुचारु गर्ने कामको नेतृत्व अनेरास्ववियुले गर्यो संगठन जिल्लाका सबै स्कुलमा पुग्यो अखिल दन्दुरुस्त बनेर सक्रिय बन्यो त्यही कारण केन्द्रिय कमिटीले म्याग्दी अखिल लाई उत्कृष्ट जिल्ला कमिटीको रुपमा पुरस्कृत गर्यो ।

२०७२ माघमा भएको महाधिवेशन बाट ऊनी केन्द्रिय सदस्यमा निर्वाचित भए र बागलुङ म्याग्दी को इन्चार्ज को जिम्मेवारीमा रहेर भुमिका बढाउदै लगे । तराइमा डुबान हुदा तराइ झर्ने हावाहुरीले बारामा क्षति पुर्याउदा त्यहा गएर हप्तौ सम्म स्वयंसेवकको रुपमा काम गर्ने प्रकाश जहाँ अफ्ट्यारो त्यहा प्रकाश भन्ने मानक बनाउन सफल भए ।

२०७८ असोज २/३ मा काठमाडौ मा भएको भेला बाट उनी अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी प्राप्त गरे सङ्गै अखिल आन्दोलनमा प्रकाशले थप उचाई लिए बिपत्तिमा साहारा विभेदमा बिद्रोह म अखिल अभियान लिएर स्कुल कलेजमा पुगेर हजारौ विद्यार्थी अनेरास्ववियुमा सङठैत गर्न काम भयो मणिपाल मेडिकल कलेजमा अनेरास्ववियुले एक्लै नेतृत्व गरेर सफल बनाएको आन्दोलनले देश ब्यापी चर्चा हासिल गर्यो । कृष्ण चन्द्र नेपाली पोख्रेलको नेतृत्वको सरकारले आफन्त को नाममा ट्र्स्ट मा हालेको करोडौ बजेट फिर्ता हुन पर्छ भनेर अनेरास्ववियु र युवा संघ संयुक्त भएको आन्दोलनले मुख्यमन्त्रीले सदनमा उभिएर विशेष सम्बोधन गर्न बाध्य भए ।

गण्डकी प्रदेशका ११ जिल्लाका कमिटी चलायमान बनेका छन सबै क्याम्पसमा उत्साह सहित स्वबियु निर्वाचनमा होमिएको छौ हामी उत्कृष्ट नतिजा निकाल्छौ उनले भने अनेरास्ववियु गण्डकी प्रदेश नतिजा निकाल्न मैदानमा छ खाली हात फर्किन्नौ । अनेरास्ववियु गण्डकी प्रदेशको नेतृत्वमा रहदा शिक्षा र स्वास्थ को जन्मदै सरकारले बिमा गर्न पर्ने र त्यसैको जगमा शिक्षा स्वास्थ निशुल्क बनाउन पर्ने माग अनेरास्ववियुको छ ।

म्याग्दीमा हरेक बिपत्ति हुदा पहिला अखिल आउँछ भन्ने छाप बनाएका प्रकाशले अनेरास्ववियु प्रदेशको नेतृत्वमा रहेर अनेरास्ववियु आन्दोलनमा गण्डकी प्रदेशको बिरासतलाइ आधुनिक रुपमा जागरण गर्न अगुवाइ गरे सुस्ताएको विद्यार्थी आन्दोलन रापिलो बनेर प्रदेश भर अगाडि बडिरहेको छ । मुद्दामा खरो प्रतिक्रिया दिने र बिषय उठाएपछि त्यसलाई समाधान गर्ने स्वभाव उनिमा छ ।

म्याग्दी अनेरास्ववियु बाट उदाएका प्रकाश म्याग्दी बाटै पहिलो पटक अनेरास्ववियुको २३औ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी को उम्मेद्बारी सहित अगाडि बढेका छन । युवा अवस्था हरेक ब्यक्ति को महत्वपूर्ण अवधी हो स्वयं लाई प्रमाणित गर्ने महत्वपूर्ण अवधि भएकोले हरेक अखिलका सदस्य लाई सुपर हिरो बनाउने कार्यक्रम लिएर देशब्यापी अभियानमा जाने उनी बताउछन । अनेरास्ववियुमा बलियो प्रभाव बिस्तार गरेका प्रकाश लाई समकक्षी साथीहरू अनेरास्ववियुको अध्यक्ष बन्ने पात्रको रुपमा चिन्छन ।

Leave a Reply