म्याग्दीको सदरमुकाम बेनीस्थित न्यूरोडमा रहेको शैक्षिक परार्मश दिने एभरेष्ट ग्लोबल एजुकेशनको प्रतियोगितामा सहभागी भएकामध्ये उत्कृष्ट ३ जनालाई नगद सहित सम्मान गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीको खुलामञ्चमा सम्पन्न भएको सातौं म्याग्दी महोत्सवको अवसरमा अवलोकन गर्न आउने अभिभावक, विद्यार्थीको उच्च शिक्षाका लागि राखिएको स्टलमा सहभागी भएकाहरुलाई भाग्यशाली चिठ्ठा तथा स्टलको फोटो खिचेर ट्याग गर्ने, लाइक, कमेन्ट र सेयर प्रतियोगितामा ४ सय जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको नियम पूरा गरेका २ सय जनामध्ये मनोज रेग्मी, एलिना थापा र अन्जु कार्कीलाई परेको थियो । उक्त प्रतियोगितामा गोलाप्रथाबाट छनौट भएका तीनजनालाई नगद रु ५ हजार उपलब्ध गराइएको एभरेष्ट ग्लोबलक एजुकेशन बेनी शाखा प्रमुख अस्मिता केसीले बताउनुभयो । विजेतालाई रकम हस्तान्तरण समेत गरिएको छ । एभरेष्ट ग्लोबलक एजुकेशनले म्याग्दीबाट अध्ययनका लागि बिदेसिने युवाहरुलाई गन्तव्य मुलुकको शैक्षिक नियम, कानुन, व्यवस्था, आवश्यक योग्यता, पूर्वतयारी, आर्थिकलगायत पक्षमा परामर्शमा दिने गरेको छ ।

विदेश अध्ययनका लागि पोखरा, काठमाण्र्डा धाउनुपर्ने बाध्यताको अन्त्य गदैं बेनीबाटै परामर्श सेवाले सहज भएको शाखा प्रमुख केसीको भनाई छ ।बेनीमा रहेको फिउचर सेलेक्ट र एभरेष्ट ग्लोबल एक आपसमा मर्ज भएर नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरिएको छ । म्याग्दीबाट अन्तर्राष्ट्रिय शिक्षा लिन चाहने विद्यार्थीका निम्ति पुलको काम गरेको एभरेष्ट ग्लोबलले विद्यार्थीको गन्तव्य मुलुकका युनिभर्सिटी, कलेजहरूका बारेमा समेत जानकारी दिन निकट भविस्यमा शैक्षिक मेलाको आयोजना गर्ने तयारी गरेको छ ।

 

Leave a Reply