बाइकर्स म्याग्दीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको खोप्रामा श्रमदान गरेर हेलिप्याड निर्माण गरेका छन्। मोटरसाइकलमा घुम्दै म्याग्दीका विभिन्न पर्यटकीय गन्तब्यलाई चिनाउने अभियानमा रहेको बाइकर्स समुहमा आवद्ध १० यूवाले हेलिप्याड बनाउन दिनभरी श्रमदान गरेका थिए ।

स्थानीय सामुदायिक लज तथा खोप्रासँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरी हेलिप्याडका लागि श्रमदान गरेको समुहका संयोजक गोविन्द केसीले बताए। जमिन सम्याएर हेलिप्याड निर्माण गरिएको र हेलिप्याडमा सजिलै हेलिकोप्टर अवतरण गर्न समेत मिल्ने उनले बताए । ‘खोप्रामा पुगेर श्रमदान गर्दा निकै आनन्द आएको छ,‘म्याग्दीका सबै पर्यटकीयस्थलमा पुगेर सक्ने सहयोग गछौं’ केसीले भने ।

मोटरसाइकलमा यात्रा गर्ने, नयाँ भिडियो बनाउने जस्ता कार्यहरु मात्रै आफ्नो प्राथमिकतामा नपरेको उनले बताए ।यूवाहरूको समुहले हेलिप्याडका लागि श्रमदानसँगै खोप्रामा बोर्ड अनारवारण समेत गरेका थिए। बाइकर्स म्याग्दीमा आवद्ध रहेका यूवाहरुले संकलन गरेको करिब ३० हजार बोर्ड ढुवानी सहितमा खर्च समेत बाइकर्स म्याग्दीले जनाएको छ। हेलिकोप्टरमार्फत आउने पर्यटकलाई सहज हुने गरी ब्यवस्थित हेलिप्याड निर्माणमा सहज भएको स्थानीय पर्यटन ब्यवसायीको भनाई छ ।

३ हजार ६६० मिटर उचाईमा रहेको खोप्रा शान्त वातावरण, प्राकृतिक सुन्दरताले समेटिएर बनेको खोपारा डाडाँबाट सुर्योदय संगै मोहित तुल्याउने गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल छर्लङ्ग देखिन्छन्। खोपारासंगै हासेको हिमाल, चौरी, भेडा गोठ, डाडाँ वरीपरी जंगल र कुहिरोको लुकामारीले पर्यटकलाई आनन्द दिलाउछ । यसअगाडी समुहले आफ्नै खर्चमा पर्यटकीयस्थल लभ्लीहिल,अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नारच्याङ झरनामा समेत बोर्ड राखेको थियो ।

Leave a Reply