सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ म्याग्दी दोभानले प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा विभिन्न प्रजातिको फुल सहित गमला र पलाष्टिकको कुर्ची हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नं ४ सिंगामा अवस्थित प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको तातोपानी कुण्डमा स्नान गर्न तथा भ्रमणमा आउने पर्यटकलाई आर्कषित गर्न तथा बिरामीले समेत प्रयोग गर्ने गरी १० थान कुर्ची समेत हस्तान्तरण गरिएको क्लवकी अध्यक्ष कमला जिसीले बताउनुभयो।

क्लवमार्फत समुदायमा आधारित विभिन्न सहयोग तथा राहत कार्यक्रमहरु समेत गर्ने गरेको बताउनुभयो ।क्लवकी संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाक्यले स्नान गर्न आउने बिरामी, विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रको सञ्चालन डाइरेक्टर सीता थापा कुवँर, झन्डाको अभिबादन पुस्पा थापा, शुभकामना मन्तव्य संस्थापक अध्यक्ष अमृत देवी बानियाँ, कार्यक्रमको स्वागत शहित गमला हस्तान्तरण र कार्यक्रमको बारेमा अध्यक्ष कमला खत्री जिसी र कार्यक्रम समापन दिद्धिय उपाध्यक्ष पबित्रा बोगटी केसीले गर्नुभएको थियो । म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो ।

क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन गदै आइरहेको छ । क्लवले प्रसिद्ध धार्मिकस्थल महारानी मन्दिरमा सरसफाई तथा पूजारीलाई बस्त्र हस्तान्तरण, भक्तजनलाई सहज हुने र सफा र सुन्दर मन्दिर बनाउने अभियान समेत सञ्चालन गर्ने गरेको छ।

Leave a Reply