राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश भेलाबाट प्रदेशसभा सदस्यमा म्याग्दीबाट दुई जना चयन भएका छन् । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश विस्तारित बैठकबाट प्रदेशसभा सदस्यमा कल्पना खत्री बानियाँ र यामबहादुर बस्याल चयन हुनुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँ रास्वपा म्याग्दी जिल्ला कार्यसमितिकी सचिव समेत हुनुहुन्छ ।

त्यस्तै भेलाबाट धन बहादुर बानियाँ प्रवास सम्पर्क विभाग र यादव प्रसाद पौेडेललाई कृषि विभागमा चयन गरिएको केन्द्रिय सदस्य हरि केसीले बताउनुभयो । वर्तमान गठबन्धन सरकारमा रहेको रास्वपाले सरकार छोडेपछि संगठन विस्तारको अभियानमा जुटेको छ । भेलाले प्रदेश सभापति मा राजन गौतम र महामन्त्रीमा असोक खड्कालाई चयन गरेको थियो । प्रदेशस्तरीय अभियान सकिएपछि जिल्लास्तरीय अभियानमा केन्द्रित हुने बताइएको छ ।

Leave a Reply