नेपाल रेडक्रस म्याग्दीले जिल्लाको विभिन्न स्थानमा रहेका उपशाखाहरूको वास्तविक अवस्थाको पहिचान गरी उत्कृष्ट उपशाखालाई सम्मान गर्ने र सुधारोन्मुख उपशाखाहरूलाई थप उत्प्रेरित गर्ने अभियान सुरु गरेको छ । उपशाखामार्फत विपद् व्यवस्थापन गर्न सक्षम रेडक्रस स्वयंसेवकहरु तयार गर्ने उद्देश्यसहित रेडक्रस जिल्ला शाखाले यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।

यसैक्रममा रघुगंगा गाउँपालिका–७, चिमखोलामा रहेको उपशाखामा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस उपशाखा चिमखोलाको आयोजनामा जिल्ला शाखा र उपशाखाका पदाधिकारीबीच अनुभव आदानप्रदान तथा अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमको अवसरमा उपशाखाको स्थापनाकालदेखि हालसम्मको गतिविधिहरू र आसपासका क्षेत्रमा अनुगमन समेत गरिएको थियो ।

सोही क्रममा चिमखोलामा रेडक्रसको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ । रेडक्रस जिल्ला शाखा म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँको प्रमुख आतिथ्यता, चिमखोला उपशाखा सभापति गमबहादुर पुनको अध्यक्षता, सचिव कप्रसाद थापाको सञ्चालन र उपसभापति ओमबहादुर पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Adv

 

कार्यक्रममा चिमखोलाका निवर्तमान वडा अध्यक्ष देउप्रसाद पुनसहित उपशाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले राखेको आ–आफ्ना अनुभव एवं जिज्ञासाहरूलाई कार्यक्रमका प्रमुख अतिथि रेडक्रस जिल्ला शाखाका उपकोषाध्यक्ष बानियाँले प्रष्ट पार्नुभएको थियो ।

Leave a Reply