---Advertisement---

धवलागिरी व्याडमिन्टन कपको उपाधि रघुगंगा गाउँपालिकालाई

On: February 7, 2023 12:50 PM
Follow Us:

रघुगंगा गाउँपालिका र बेनी नगरपालिका बिच भएको खेलमा रघुगंगाले बेनी नगरपालिकालाई (२१,१७) र (२१,१३) ले आफ्नो जिल हाँसिल गरी धौवलागिरी व्याडमिन्टन कप उचाल्न सफल भएको छ । धौवलागिरी गाउँपालिका समाज काठमाडौंद्वारा प्रथम पुरुष व्याडमिन्टन प्रतियोगिता २०७९÷१०÷१९ गते २८ वटा टिम बिच २ वटा टाइसिट बनाई Pole A र Pole B दुई वटा १४÷१४ वटाको टिम बिचको खेल खेलाइएको थियो ।

२१ गते शनिवारका दिन G4 व्याडमिन्टन हलमा प्रतियोगिता गरी Pole A को तर्फबाट सेमिफाइनल धौवलागिरी गाउँपालिकाका खेलाडी टक प्रसाद जुग्जाली र तारा केसी बिच बेनी गाउँपालिकाका खेलाडी अर्जुन छन्त्याल र विरु श्रीष विच सेमिफाइनलमा (१६,२१) र (१५,२१) जित हाँसिल गरी फाइनलमा प्रवेश गर्‍यो ।              त्यस्तै गरी Pole B बाट सेमिफाइनलमा मालिका गाउँपालिकाका पदम पूर्जा र थमन पूर्जाको टिम र रघुगंगा गाउँपालिकाका विष्णु छन्त्याल र मुकुन्द छन्त्यालको सेमिलाइनलमा रघुगंगाले (६,२१) र (१४,२१) को जित हाँसिल गरी फाइनलमा प्रवेश भएको थियो । फाईनल खेलमा  रघुगंगा गाउँपालिका र वेनी नगरपालिका बिच  खेलेका थिए।   म्याग्दीका  संघीय माननीय खम बहादुर गर्वुजा प्रमुख अतिथि, प्रदेश सभासद माननीय विमला गौचन विशिष्ट अतिथि र धौवलागिरी गाउँपालिकाका वडा अध्यक्ष राजाराम सुवेदी विशेष अतिथि र यस समाजको अध्यक्ष लगाएत सल्लाकार, पदाधिकारी र अन्य अतिथिहरुबाट उद्घाटन भएको थियो  ।

उक्त उद्घाटनमा प्रमुख अतिथि माननीय खम गर्वुजा र समाजका अध्यक्ष लिल बहादुर पुन बिच विशिष्ट अतिथि माननीय विमला गौचन र कोषाध्यक्ष खड्क थापाज्यूको टिम खेल खेली औपचारीक रुपमा फाइनल खेलको उद्‍घाटन गरि अझै रोचक साथ खेलको सुरु भयको थियो  । रघुगंगा गाउँपालिका र बेनी नगरपालिका बिच भएको खेलमा रघुगंगाले बेनी नगरपालिकालाई (२१,१७) र (२१,१३) ले आफ्नो जिल हाँसिल गरी धौवलागिरी व्याडमिन्टन कप उचाल्न सफल भएको थियो  ।   जिल्लाका, संघीय सभासद, प्रदेश सभासद, प्रत्येक पालिकाका अध्यक्षज्यूहरुलाई समाजको तर्फबाट सम्मान तथा शुभकामना व्यक्त भयो । त्यस्तै व्याडमिन्टनका उदयमान खेलाडीका रुपमा रिहाना शेरचन र आजारेन्का शेरचनलाई सम्मान तथा बधाई प्रमुख अतिथिबाट भयो । यसैगरी रग्वी खेलका उदयमान खेलाडी श्रृजना छन्त्याललाई पनि सम्मानित गरियो ।

साथै देश विदेशमा रहनुभएका प्रथम, द्वितीय र तृतीय र सम्पूर्ण स्पोन्सरहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरियो । म्याग्दी उद्ययमशिलता सम्मान–२०७९ श्री थम बहादुर छन्त्यालज्यू सम्मानित हुनुभयो र प्रथम पुरस्कार ३५,०००।–, द्वितीय पुरस्कार २०,०००।–, तृतीय पुरस्कार दुई टिमलाई १०,०००।–÷१०,०००।– लगायत मेडल, सर्टिफिकेट, प्रमुख अतिथिको हातबाट वितरण र उक्त खेलमा Best Player को रुपमा मालिका गाउँपालिकाका खेलाडी राजु जुग्जाली र बेनी नगरपालिकाका खेलाडी विरु श्रीष छानिए ।

खेललाई सफल पार्नका लागि धौवलागिरीका कलाकारहरु गीत र नृत्यबाट अझै कार्यक्रमको शोभा बढाएको र सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, विज्ञापनदाताहरु, खेलमा सहभागी सम्पूर्ण खेलाडीहरु उपस्थित सम्पूर्णलाई बधाई तथा धन्यवाद दिँदै यो धौवलागिरी गाउँपालिकाको मात्र नभई म्याग्दी जिल्लाकौ एउटा अङ्ग भएका जानकारी गराउँदै समाजको अध्यक्षबाट कार्यक्रम समापन भएको थियो । tarakeshworonline