नेपालीमा एउटा उखानै छ,‘काग कराउँदै छ, पिना सुक्दै छ, अर्थात भन्ने भन्दै गर्छन, आफ्नो काम छोडनु हुन्न । ५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन को जिम्मा लिएका ठेकेदारले लिखित र मौखिक चेतावनीलाई समेत टेरेको छैन् । म्याग्दीको सदरमुकाममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चेतावनी दिएको करिब एक महिना वित्न लाग्दा समेत ठेकेदारले वास्तै गरेको छैन् ।

मुख्यमन्त्री अधिकारी, संघीय सांसद खमबहादुर गर्बुजा, प्रदेश मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी सहित सरकारी निकायका प्रमुखहरुको चेतावनी समेत नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंह सहित निर्माणको जिम्मा लिएका ठेकेदारले टेरेका छैनन् । ‘भवन समयमै बनाएर जनताको आँसु पुछ्न ठेकेदार रबीजीलाई निर्माणकार्य छिटो सम्पन्न गर्नुहोस्’ मुख्यमन्त्री अधिकारीले म्याग्दी महोत्सवको समापनमा चेतावनी नै दिएपनि अहिलेसम्म ठेकेदार काममा फर्किएको छैन् ।

मुख्यमन्त्री अधिकारी नै स्वास्थ्यमन्त्री हुदाँ बेनी अस्पताल २५ शैयाबाट ५० सैयामा स्तरउन्नती भएको थियो । पटकपटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको पाइएको थियो । निर्माण व्यवसायी सिंहकोे तस्बिर र सम्पर्क नम्बरसमेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर समेत विरोध गरिएको थियो ।

अहिले छिमेकी जिल्ला पर्वतका पदम गिरी संघीय सरकारको स्वास्थ्य मन्त्री नियुक्ती भएकाले भवन सम्पन्न गर्न ठेकेदारलाई दवाव पुगेको अवस्थामा मुख्यमन्त्रीको निर्देशनले अलपत्र कामले गति लिन सक्ने अनुमान गरिएको भएपनि अहिले कुनै प्रगति नभएपछि अस्पताल प्रशासन समेत निराश छन् । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले संघीय सरकारमा समेत अस्पतालका बारेमा जानकारी गराएपनि ठेकेदार बेइमानी हुदाँ काम अलपत्र परेको बताए । अध्यक्ष सुबेदीले प्रधानमन्त्री प्रचण्ड सहित संघीय सरकारका विभिन्न निकायमा पुगेर समेत दवाव दिएको बताए।

भवन निर्माण सम्पन्न गर्नका लागि करिब ५ करोड बजेट बाँकी रहेको अवस्थामा पुरानै ठेकेदारलाई निरन्तरता दिने तयारी भइरहेको अवस्थामा अहिलेसम्म काम नभएको अस्पताल प्रशासनले जनाएको छ । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

२० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशतमात्रै सकिएको छ । बेनी अस्पतालले अहिले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । ठेकेदारले कामभन्दा करिब ६० लाख बढी भुक्तानी समेत लगेको फो परेको थियो ।

Leave a Reply