उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,दानास्थित ज्ञानप्रकाश माविले ज्ञानकुञ्ज नामक भित्रे पत्रिका प्रकाशन गरेको छ । विद्यालयमा पढ्ने बालबालिकाको लेखन शैली सुधार गर्ने उदेश्यले लेख रचना संकलन गरी भित्ते पत्रिका प्रकाशन सुरु गरिएको हो ।

प्रविधिको विकास र प्रयोग बढेसंगै विद्यार्थीको सिर्जनशीलतामा पनि शिथिलता आएका बेला भित्ते पत्रिकामार्फत सूचना, समाचार, चेतनामूलक सन्देश तथा रचनाहरुलाई सार्वजनिक गर्ने गरी पहिलो अंक प्रकाशन गरिएको विद्यालयका प्रअ एवम् ज्ञानकुञ्जका संरक्षक शान्तबहादुर नेपालीले बताउनुभयो ।‘विद्यार्थीको शैक्षिक गुणस्तरमा सघाउँछ, विद्यार्थीको लेखन शैलीमा समेत परिवर्तन ल्याउछ’ प्रअ नेपालीले भन्नुभयो ।

म्याग्दीको सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक पूर्वाधारमा अब्बल मानिएको ज्ञानप्रकाशले भित्ते पत्रिकालाई थप समय अनुसार अगाडी बढाउने जनाएको छ । ज्ञनकुञ्जका सम्पादक बाबुराम पौडेलले बालबालिकाको मोबाइल र सामाजिक सञ्जाल, टिकटकको लतलाई घटाउन हरेक समय रचनाहरु प्रकाशित गर्ने गरी पत्रिका सुरु गरिएको बताउनुभयो ।

‘ बालबालिकालाई सिर्जनशील बनाउन थप ऊर्जा दिनेछ, हामीले थप आर्कषित बनाउँछौ’ सम्पादक पौडेलले भन्नुभयो । सम्पादक मण्डलमा संरक्षक नेपाली, सम्पादक पौडेल संयोजकदेबि तिलिजा, बुलबुल थापा, पार्बती मिजार हुनुहुन्छ । म्याग्दीका कतिपय विद्यायहरुमा भने अझै पनि अतिक्ति क्रियाकलापका रुपमा अभ्यास गराइन्छ । विद्यार्थीहरुका लेख र रचना अनि विद्यालयका गतिविधि लगायत इतिहास, संस्कृति, खेलकूदका विषयहरु समेटेर प्रायःजसो विद्यालयहरुमा भित्ते पत्रिका राखिएका हुन्छन् ।

Leave a Reply