म्याग्दीका उदयीमान लोक गायक बाबुराम रसाइलीले फेरि अर्को कोसेली “बेनीको बजार” पञ्चेबाजा गीत बजारमा ल्याएका छन्।

निरन्तर गीतसङ्गीतमा खटिरहेका रसाइलीको यो छैठौँ गीत हो। म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा उनलाई लोकप्रिय गायिका अमृता नेपालीले साथ दिएकी छिन्। आफूले रोजेको प्रेमी हुँदाहुँदै बुबाआमाको इच्छानुसार अर्कैसँग विहे हुँदा निम्तिएको दर्दनाक दुःखद् घटना यस गीतमा उतारिएको छ।

Adv

विपिन पौडेलले लेख्नु भएको यस गीतको एरेञ्ज चर्चित सारङ्गी वाधक हेमन्त कान्छा रसाइलीले गरेका हुन्। भिडियो निर्देशन गोकुल विश्वकर्मा, क्यामेरा किरण कार्की तथा मुख्य अभिनयमा विकास विश्वकर्मा, ज्ञानु राना फगामी, सुशन बर्देवा, अजीत बरुवाल,पविता पुन,हिमाल गुरुङ लगायतका कलाकार छन्।तिमीलाई सम्झिंदाको पल, माया तिमीले कहिल्यै नभुल, जानु पर्छ गोठमा, हातमा उनकै नाउँ छ, पुर्णगाउँको चिनारी गीत सार्वजनिक गरिसकेका गायक रसाइलीको  साङ्गीतिक यात्रामा सक्रिय छन्।

Leave a Reply