म्याग्दीको रघुगंगा गाउँपालिका-३, पिप्लेमा बसन्त बोगटी सदावर्त गुठीभित्र रहेको एक मन्दिर मर्मतसम्भार गरिएको छ । गुठिभित्र रहेको जिर्ण शिव मन्दिरको बेनी नगरपालिका वडा नं १ रत्नेचौर स्थायी घर भई हाल मलेसियामा रहेका ब्यवसायी दिपक बोगटीले मर्मत गर्नुभएको हो । निर्माण गरेको मन्दिर चर्किएको छ भने माथिल्लो भाग भत्किएपछि बोगटीले ब्यक्तिगत खर्चमा मर्मत गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने बसन्त बोगटी सदावर्त गुठी कोष मातहत पर्ने शिव मन्दिर मर्मत सम्भारको अभावका कारण भत्किने अवस्थामा पुगेको जानकारी पाएपछि मजदुरको सहयोगमा मर्मत गरिएको समाजेवी बोगटीले बताउनुभयो ।

मन्दिर राम मन्दिर भित्र रहेका सहयाक मन्दिरमा शिव मन्दिरको समेत फरक इतिहार रहेकाले तत्काल मर्मत आवश्यक देखेर मर्मत गरिएको बोगटीको भनाई छ । मन्दिर निर्माणमा समेत बोगटीले सहयोग गर्नुभएको थियो। जिर्ण मन्दिरको मर्मतमा कसैले चासो नदेखाएको मन्दिरमा लामो समयदेखि बस्ने भक्तजनले बोगटीलाई जानकारी गराएका थिए ।

समाजसेवी बोगटीले मन्दिर नजिकै पूरानो चौतारीलाई समेत फराकिलो बनाएर मर्मत गरेका थिए । आफ्नो पुर्खाले बनाएको मन्दिर र चौतारी जिर्ण भएपछि बोगटीले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका थिए भने मन्दिरभित्र बस्ने पूजारी, भक्तजन र नियमित पूजाआजमा प्रयोग गर्न मिल्ने गरी केरा समेत रोपिएको थियो ।

समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीको सम्झनामा जन्मगाउँ रत्नेचौरमा धार्मिक तथा विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । रघुगंगा गाउपालिकाको पिप्लेमा बसन्त गुठी अन्तरगत रहेको जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने क्रममा प्राप्त गरेको मुआब्जा रकमबाट ८५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । कोषको ब्याजबाट धर्म, संस्कृति, संस्कारको संरक्षणमा परिचालन गर्दै आएका छन् ।

Leave a Reply