म्याग्दीमा होटल तथा रेष्टुरेन्टमा कार्यरत दक्ष जनशक्ती अधिकांस जिल्ला बाहिरबाट आउने गरेका छन् ।बैदेशिक रोजगारीमा जान, कुनै अनुभवका लागि मात्रै तालिम दिनेको संख्या अत्याधिक भएपनि आर्कषक तलव सहितको जागिरका लागि प्रसस्तै अवसर भएपनि पछिल्लो समय नियमित सञ्चालन भइरहेको तालिममा समेत सहभागिको संख्या कम हुदै गइरहेको छ ।

विगत २०६५ साल देखि म्याग्दीमा अनुभवी सेफको उपस्थितिमा कुक तालिम सञ्चालन गदैं आइरहेका रविन घलेले कोरोनाको लहरसँगै म्याग्दीमा सञ्चालित तालिममा सहभागीको संख्या घट्दै गएको बताए ।

‘तालिम लिएर कुक बन्न चाहनेलाई रोजगारीको कमी छैन्, हामीले नै धेरै होटलमा जागिर लगाइदिएका छौ’काठमाण्डौको एसिएन होटल टे«निङ्गका सञ्चालक समेत रहेका घलेले भने ।

उनले छोटो, मध्यम र लामो प्रकारको तालिममा सहभागी कुकले नेपालभित्र नै राम्रो रोजगारीको अवसर पाउने गरेको बताए । उनले म्याग्दीमा हालसम्म १ हजारभन्दा धेरैलाई तालिम दिएको बताए ।

उनले म्याग्दीबाट कुक तालिम लिएका धेरै बैदेशिक रोजगारीमा गएकाहरु समेत सफल भएको बताए । ‘बेरोजगार यूवाहरुलाई कुक तालिमले रोजगारको बाटो देखाउँछ,‘हामीले गुणस्तरीय तालिम र निरन्तर सहयोग समेत गर्ने गरेका छौ’ घलेले भने । उनले तालिमहरु बढी भन्दा बढी प्रयोगात्मक हुने भएकाले सीटीईभीटीको पाठ्यक्रम अनुसार ८० प्रतिशत प्रयोगात्मक हुनुपर्ने बताए ।

कोर्स सकेका ९० प्रतिशत हाराहारीले रोजगारी पाउने उनले बताए । जेहेन्दार विद्यार्थीलाई शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिएर समेत तालिम सञ्चालन गर्ने गरिएको बताउँदै स्थानीय तहसँग समेत समन्वय भइरहेको बताए । म्याग्दीमा कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी रस्पेशल डिप्लोमा लगायतका तालिमहरुमा माग धेरै रहेको बताए ।

उनले हालै म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनाले बेनीमा सम्पन्न भएको सातौं म्याग्दी महोत्सवमा समेत तालिम लिएका यूवाहरुले होटल सञ्चालन गरेको बताए । ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत गाउँपालिकाको आयोजनामा ४५ दिने व्यवासायिक कुक तालिम सिकेका रघुगंगा गाउँपालिका–४,दर्मिजाका कुमार पाईजालेमुकेश गर्बुजा, मैवाफाँटका सरोज शर्मा, झिँका चन्द्रमान पुन र गगन पाईजाले ४५ दिने निःशुल्क कुक तालिम लिएर होटल सञ्चालन गरेका थिए ।

बैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भएपछि तालिम लिएको कुमार पाईजाले बताए । उनले तालिमले ग्राहकहरुलाई समेत कसरी आर्कषित गर्ने, परिकार कस्तो बनाउने लगायतका धेरै सिक्ने अवसर पाएको बताए । होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, हँसिलो मुहार र मिजासिलो व्यवहारले ग्राहकलाई आर्कषित गर्न सकिने उनले बताए ।

Adv

होटल तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज भएको तालिम लिएका यूवाहरुको अनुभव छ। म्याग्दीको आर्थिक कारोबारको एउटा मुख्य खम्बा पर्यटन भएको र होटेल तथा रेष्टुरेन्ट पर्यटनको अभिन्न पाटो भएकाले शहरदेखि गाउंसम्म होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो रहेको अवस्थामा दक्ष कुकको माग अत्याधिक रहेको म्याग्दी होटेल तथा रेष्टुरेन्ट संघले जनाएको छ ।

 

 

 

Leave a Reply