नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सन्त नेताको चर्चा गदैं रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा क्याम्पसका निमित्त प्राध्यापक, विद्यार्थी लगायत गरी ३२ जनाले रक्तदान गरेको इकाई सभापति सुजता खत्रीले बताउनुभयो ।

विद्यार्थीको हकहितसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको संघले रक्तदान सहित विद्यार्थीको हकहितलाई समेत प्राथमिकता दिएको खत्रीको भनाई थियो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् बेनी नगरपालिकाका निर्वतमान मेयर हरिकुमार श्रेष्ठले आर्दशबादी नेताको योगदानलाई सधै सम्झिनुपर्ने बताउनुभयो । म्याग्दी क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

Adv

सोही अवसरमा नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले विगत डेढ अगाडीदेखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।रक्तदान कार्यक्रममा म्याग्दी बहुमुखुी क्याम्पसका प्रमुख गोरख जिसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । म्याग्दीमा रक्तदान कार्यक्रम प्रभावकारी देखिन्छ । जिल्लाभित्रका विभिन्न संघसंस्था तथा अस्पतालमै समेत दैनिकजसो रगत संकलन गरी जिल्ला बाहिर समेत पठाउने गरिन्छ ।

नेविसंघले म्याग्दी बहुमुखी क्याम्पसमा गरेको रक्तदान ।

 

Leave a Reply