स्वर्गीय साथी बिज्ञान पुनको स्मृतिमा विद्यार्थीलाई स्टेशनरी साम्रागी सहयोग गरिएको छ। मालिका गाउँपालिका वडा नं ५ देविस्थानस्थित भिम माविका शिक्षक सुवास पुन मगर, मेखु पुर्जा र हाल सिंगापूरमा रहेका सुमन घर्ती मगरले स्वर्गीय साथी पुनको सम्झनामा १ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुमध्ये दोस्रो त्रैमासिक परिक्षामा प्रथम, द्धितिय र तृतिय भएकालाई सहयोग गरेको सुवास पुन मगरले बताउनुभयो ।

उहाँका अनुसार सोही अवसरमा मालिका गाउँपालिकास्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने विद्यार्थीलाई क्रमश १ हजार, ५ सय र ३ सय नगद सहित सम्मान गरिएको थियो । स्वर्गीय साथीको सम्झनामा भविस्यमा समेत रचनात्मक कार्यक्रमहरु गर्ने सहयोगदाताले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ डम्बरबहादुर घर्तीले विद्यार्थीैलाई प्रोत्साहन कार्यक्रमले शैक्षिक क्षेत्रमा समेत सहयो गर्ने बताउनुभयो। सम्मान कार्यक्रमको अध्यक्षता शिक्षक अभिभाबक संघका अध्यक्ष रेखा पुर्जा, कार्यक्रमको सञ्चालन शिक्षक दिनेश ढकाल र स्वागत नर बहादुर बिकले गर्नुभएको थियो ।

Adv

 

Leave a Reply