बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डमा काम गरिरहेको निर्माण ब्यवसायीले कालिगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ ।

हजारौं बर्षदेखि नदीमा जमेर बसिसकेको ढुंगालाई मेसिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारी,पर्खाल नाली, पहिरो रोकथाममा प्रयोग गरिरहेको छ ।

गएको माघ ८ गते बेनी नगरपालिकाका मेयर सुरत केसीले सडकको शिलन्यास गर्दा सडक निर्माणस्थलभित्र पर्ने कालिगण्डकी नदीमा देखिएका ठूलो ढुंगालाई जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले सम्झौता र मापदण्ड बिपरित दोहन भइरहेको भन्दै स्थानीयको गुनासो छ।

निर्माण ब्यवसायीले सडक विस्तारमा नदीले धार परिवर्त नगर्ने गरी अनुमति लिएर आसपासका साना ढुंगा प्रयोग गर्ने अनुमति दिइएपनि रातीको समयमा नदीमै स्काभेटरले ढुंगा निकाल्ने गरेको गुनासो आएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा बेनी नगरपालिकाका मेयर सुरत केसीले निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीलाई सचेत बनाएका छन् ।

‘कालिगण्डकीको ढुंगा जथाभावी निकाल्न पाइदैन,‘हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ’ मेयर केसीले भने । मेयर केसीले निर्माण कम्पनीलाई सहज काम गर्ने बातावरण बनाउने बताउँदै कुनै बाहनामा काम रोक्न आउनेलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै संरचना बनाउन अन्यत्रबाट ढुंगा ल्याएर काम गर्न समेत सुझाव दिए।

केही दिन अगाडी भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा निर्माणधिन सडकखण्डबाटै दुईवटा शिला लगिएकाले शिला उत्खनन् आसपासका क्षेत्रलाई समेत सचेत भएर काम गर्न मेयर केसीले अनुरोध गरेका छन् ।

त्यस्तै सडक निर्माणालाई गुणस्तरीय बनाउन ल्याब परीक्षणको प्रक्रियालाई आगामी दिनमा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा मुचुल्का बनाएर काम गर्न समेत प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निर्देशन दिएका छन्।दुई किलोमिटर १ सय २ मिटर सडक कालोपत्रे गर्नका लागि मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट÷पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४ सय ३६ रुपैयाँ ठेक्का लिएको थियो ।

७ सय २० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित १७ पुसमा सम्झौता गरेको थियो । उक्त जेभीका सञ्चालक सुवासचन्द्र कार्कीले समयभित्रै काम गर्ने योजनासहित करिब ६० जना मजदुर, ३ वटा डोजर लगायतको मेसिन लिएर काम धमाधम काम भइरहेको छ ।

नेपालमै उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणमा काम गर्ने ठेकेदारले नदीलाई डाइभर्सनको बाहनामा दोहन गर्ने गरेका छन् । स्काभेटरको प्रयोग गरी नदीको गर्भ खनिरहेको पाइएकाले कडा निगरानी राख्न गरिएको अनुरोधलाई समेत सरकारी निकायले चासो देखाएको छैन् ।

कालिगण्डकी नियन्त्रण र बेनीबजार संरक्षणको ठेक्का पाएका निर्माण ब्यवसायीले बाहिरबाट ल्याउँदा महंगो हुने भएकाले लुकिछिपी नदी नै दोहन गर्ने गरेका छन् । बेनीबजारको माथिल्लो क्षेत्रमा तिब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा हरेक बर्ष कराडौं खर्चिएर निर्माण गरिएको तटबन्धनलाई नै क्षती पुग्ने गरेको छ ।

नदीको छेउछाउ र बीच भागमा रहेका ठूल्ठूला ढुङ्गा फुटालेर तटबन्धनमा प्रयोग गर्दा म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी जेसीज आसपासका क्षेत्रमा नदी कटानले जोखिम बनेपछि अहिले धमाधम नयाँ संरचना बनाउने काम भइरहेको स्थानीय रामजीप्रसाद सुबेदीले बताए ।‘जोखिम न्यूनिकरणका लागि धेरैपटक सरोकारवाला निकायसँग पुगियो, ठेकेदारको काम गर्ने शैली र सरकारी निकायको बेवास्ताले सधै एउटै समस्या भोग्नुपरेको छ’ सुबेदीले भने ।

ग्याविनजाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने प्रावधानले नदी कटानलाई सघाइरहेको छ। ‘नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ,‘नदीको छेउछाउ र बिच भागमा रहेका ठूला–ठूला ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्छ’ पूर्वाधार कार्यालयका एक प्राविधिकले भने ।

नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने बताए । बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने डिपिआर बनेको थियो ।

 

Leave a Reply