---Advertisement---

मानवीय सेवामा सहयोग गर्न मोना कतारको बहुउदेश्यीय अक्षय कोष स्थापना

On: February 10, 2023 7:19 PM
Follow Us:

खाडीमुलक कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने उदेश्यले मोना कतार बहुउदेश्यीय अक्षय कोष स्थापना गरेको छ ।

कर्मभूमिबाट बिरामी भएर, अलपत्र अवस्थामा उद्धार तथा पारिवारिक लगायतका विभिन्न समस्यामा परेकाको पहिचान गरी समाजमा पुर्नस्थापना,सहज जिवनयापन, रोजगारमुलक कार्यमा समेत सघाउने गरी जिल्ला प्रशासन कार्यालयमा विधिवत् रुपमा दर्ता गरिएको मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।

‘कर्मभूमिबाट जन्मभूमिमा फर्किएकालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गछौं, जन्मभूमिका आवश्यकता अनुसार सहयोग पनि गछौं’ अध्यक्ष फगामीले भन्नुभयो ।

कतारमा रहेका विभिन्न नेपाली संघसंस्था, ब्यक्तिबाट समेत सहयोग जुटाइने र विभिन्न कार्यक्रमबाट समेत बचत भएको आर्थिकलाई कोषमा राखिने कोषका अध्यक्ष एवम् मोना कतारका संरक्षक बिक्रम कार्कीले बताउनुभयो । उहाँले कतारबाट विविध समस्या बोकेर कर्मभूमिबाट जन्मभूमिमा फर्किएकालाई विगतमा जस्तै सहयोग गरेपनि आगामी दिनमा थप प्रभावकारी बनाउने बताउनुभयो ।

कतारबाट फर्किएका म्याग्देलीको तथ्याङ्क समेत संकलन गरिने कोषका सचिव तिलु शर्माले बताउनुभयो ।जन्मभूमिको मायाँले समुन्द्रपारीको देशबाट पनि निरन्तर खोजीरहेको अवस्थामा मोना कतारले विगतमा जस्तै सामाजिक, मानवीय सेवा सहितका कार्यक्रमहरुलाई उच्च प्राथमिकता दिने कोषको लक्ष्य रहेको छ।

 

 

कोषले निकट भविस्यमा प्रथम अधिवेशन समेत गर्ने जनाएको छ । कर्मभूमिबाट जन्मभूमिका फर्किएपछि सहज जिवनयापन गर्ने वातावरण बनाउने स्थानीय तहको अभियानमा समेत सहकार्य गर्ने कोषले जनाएको छ ।