उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष बोटबाट नै रु २ करोडको सुन्तला विक्री भएको छ । यस वर्ष सुन्तला राम्रो फलेको र रोग किराको प्रकोपपनि नदेखिएकोले विगतका वर्षहरुमा भन्दा सुन्तला विक्री गरेर दोब्बर बढी आम्दानी भएको कृषकहरुले बताएका छन् ।

कृषकका अनुसार गत वर्ष सुन्तला विक्री गरेर गाउँमा रु ७५ लाख भित्रिएको थियो । यस वर्ष पाक्दै गरेको सुन्तला बोटबाटै पोखरा र काठमाडौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषकले बताएका छन् ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् । यहाँका कृषकहरुले परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गर्न थालेका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यवसायिक सुन्तला खेती गरिएको छ ।

Leave a Reply