विश्व हिन्दु महासंघ म्याग्दी शाखाको पाचौं अधिवेशनबाट डण्डपाणि उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा छविलाल पौडेल, उपाध्यक्षमा बिक्रम श्रेष्ठ, होमबहादुर खत्री, मञ्जु खड्का, सचिवमा बुद्धिप्रसाद ढुंगाना,कोषाध्यक्षमा मिना कुमारी शर्मा, सहसचिवमा खगराज शर्मा, गुण बहादुर भण्डारी, रामप्रसाद सुबेदी, मिठु थापा रहनुभएको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो।

कार्यसमितिको सदरुयहरूमा मुकुन्द प्रसाद पौडेल, निलकण्ठ शर्मा, मोतिलाल पाध्या सुबेदी, कृष्ण पौडेल, रामचन्द्र शर्मा, दधिलाल कँडेल, तिलाराम थापा मगर र थममायाँ पाईजा रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गदैं महासंघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक शंकर खरालले विभिन्न प्रलोभनमा हिन्दु धर्म बिरुद्ध हुने गरेका गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको पहिचान गर्नुपने बताउनुभयो।

पछिल्लो समय नेपालमा हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरु घटिरहेको र पश्चिमा संस्कृतिहरुले स्थान पाइरहेको अवस्थामा संस्थागत गतिविधिलाई समुदाय केन्द्रित गर्नुपर्ने र धार्मिक गतिविधमा यूवापुस्तालाई समेत आर्कषित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य (शर्मा)ले म्याग्दीका सबै स्थानीय तहमा महासंघ गठन भएको र केही वडाहरुमा समेत वडास्तरीय समिति रहेको बताउनुभयो । म्याग्दीमा ‘आफ्नो धर्मको रक्षा गरौंँ, वन्धुत्व भाव जगाउँ’ भन्ने मूल अभिप्राय सहित विभिन्न कार्यक्रम हुने गरेको छ ।

 

Leave a Reply